तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 08:13:42
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज सामान हराउने वा चोरी हुने सम्भावना छ। साझेदारी काममा उल्झन आउन सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्ने छ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ, तर स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। सहकर्मीबाट विरोध पनि आउन सक्छ। खर्च समेत बढ्ने योग छ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    महत्वपूर्ण कामको योजना बन्ने छ। सामाजिक क्षेत्रबाट सफलता पाइएला। आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    साथीभाइबाट आश्वासन प्राप्त भए पनि सहयोग नमिल्ला। पारिवारिक जीवनमा सामान्य विवाद बन्न सक्छ, तर वैदेशिक कार्य अघि बढ्ने छ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ। पुराना योजना बिस्तारै अघि बढ्ने छ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    रोकिएका काम पुनः सुरु हुन सक्छन्। महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ। राजनैतिक क्षेत्रमा सफलता पाइएला।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ। प्रेम सम्बन्ध अझै कसिलो हुनेछ। विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज पुरानो समस्या सुल्झाउन सकिने छ। देश र सामाजिक हितमा मन जानेछ। अध्ययन र अध्यापनको कार्य अघि बढ्ने छ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ। स्वादिष्ट भोजनको यो छ। साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउने छन्।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    आज अरुलाई प्रभावित पारेर काम बन्ने छ। न्यायिक कार्यमा सफलता मिल्ने छ, तर व्यापार व्यवसायबाट धनलाभ भने हुने छैन।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आज ठीक समयमा सही निर्णय लिन सकिने छ। राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ। व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला।