तपाईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 08:06:01
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मनमा दुबिधा उत्पन्न हुनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्ने छन्, तर यात्रा गर्दा चाँहि दुःख पाइन सक्छ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ। मनमा चञ्चलता बढ्ने छ, तर साँझमा शुभ समाचार सुन्नमा आउला।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। कला र गलाको प्रभाव बढ्ने छ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। रोमाञ्चक यात्रा पनि होला।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज स्वास्थ्यसम्बन्धी चिन्ता बढ्ने छ। सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउने छ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज रमणीय र सुखद् यात्राको योग छ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला। अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिने छ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    आज आकस्मिक धनलाभ हुनेछ। महिला वर्गबाट सहयोग मिल्ने छ। कूटनीतिक नियोगको सहयोग मिल्ला। पारिवारिक सद्भाव पनि बढ्ने छ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    न्यायिक कार्यमा सफलता मिल्ने छ। आँटेको र ताकेको कार्य पुरा होला। आफन्तको प्रगतिमा मन रमाउनेछ। वस्त्र एवं अलंकार प्राप्ति हुनेछ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज शुभ समाचार सुन्न पाइएला। कला र गलाको प्रभाव बढ्ने छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। वैदेशिक कार्य पनि अघि बढ्ने छ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आज अरूलाई प्रभावित पारेर काम बन्ने छ। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउने छ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    घरमा अतिथिको आगमन हुनेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आज श्रमदान गर्ने अवसर मिल्ने छ। कुनै कुराले मनमा शान्ति छाउने छ। प्रेममा सफलता प्राप्त हुनेछ। शुभकार्यको चर्चा पनि चल्ने छ।