भन्सार महसुल एवं अन्तःशुल्कबारे अध्ययन गर्न उपसमिति गठन - Chaitanya News
  • 2026-06-04
  • 03:27:05
  • बुधबार,जेठ २०, २०८३
  • भन्सार महसुल एवं अन्तःशुल्कबारे अध्ययन गर्न उपसमिति गठन

    भन्सार महसुल एवं अन्तःशुल्कबारे अध्ययन गर्न उपसमिति गठन

    काठमाडौँ– संसदीय समितिले स्पञ्ज आइरन र बिलेट्सको भन्सार महसुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ।

    आज (मंगलबार) सिंहदरवारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ७ सदस्यीय उपसमिति गठन गरेको हो।

    उपसमितिको सदस्यहरूमा कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, दुर्लभ थापा, रेखा यादव, लक्ष्मीबहादुर कोइरी, सूर्यमान तामाङ रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले बताएका छन्।