लोकसेवा उपयोगी सामग्री (विषयगत) - Chaitanya News
  • 2026-06-07
  • 21:46:38
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत)

    लोकसेवा उपयोगी सामग्री (विषयगत)

    पूर्वाधार विकास-विजय शर्मा,उपसचिव

    पूर्वाधार

    • कुनै पनि प्रणाली सञ्चालन गर्न आवश्यक पर्ने पूर्वशर्तहरू
    • जनतालाई सेवा प्रवाह गर्ने वा जनजीवन सहज बनाउनका लागि तयार गरिएका संरचना वा आधारशिलाहरू
    • अर्थतन्त्र निर्माणका ‘पिल्लर’हरू नै
    • पूर्वाधार भन्नाले सेवाप्रवाह गर्ने तया सुविधा उपलब्ध गराउने कार्यका लागि नभई नहुने पूर्वाश्यकताहरूलाई बुझिन्छ
    • यो विकासको समय संरचनालाई सहयोग पु-याउने अन्तरसम्बन्धित तत्व हो ।
    • स्रोत साधनको प्रयोग गरेर मानिसका दैनन्दिन प्रक्रियालाई छोट्याउने, सहज बनाउने र दैनिकीलाई वैज्ञानिक बनाउने माध्यम विकास पूर्वाधार हुन् ।
    • विकास अर्थशास्त्र अनुसार, आर्थिक–सामाजिक रूपान्तरणको प्रमुख शर्त हो, पूर्वाधार।
    • सडक, रेल, विमानस्थल, जलमार्ग, भवन, विद्युत्, टेलिफोन, खानेपानी, ढल, सिंचाइ भौतिक पूर्वाधार हुन् भने शिक्षा र स्वास्थ्य सेवा सामाजिक पूर्वाधारका विषय हुन्।
    • पूर्वाधार मुलुक विकासको आधार नाप्ने प्रमुख मापदण्ड हो।

    सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार पूर्वाधार संरचना भन्नाले सडक, सुरुङ्ग मार्ग, पुल, अस्पताल, नहर, विद्युत उत्पादनगृह, विद्युत प्रसारण लाइन, केबुलकार लाइन, रेल्वे लाइन, ट्रलीबस सरचना, ट्रामचे, सुख्खा बन्दरगाह, जलमार्ग, परिवहन बिसौनीस्थल, विमानस्थल, प्रदर्शनीस्वनं पार्क, जत्ताशय, बांध, इल निकास, फोहर मैला प्रशोधन तथा व्यवस्थापन प्लाण्ट, ऊजर्जा उत्पादन तया वितरण, रङ्गशाला, सार्वजनिक सभागृह, बहुआबासीय भवन वा सार्वजनिक गोदामघर सम्झनु पर्छ र को शब्दले यस्तै प्रकृतिका अन्य पूर्वाधार संरचना समेतलाई जनाउँछ भनी परिभाषित गरिएको छ

    पन्ध्रौ योजनामा पूर्वाधार क्षेत्र शिर्षकमा उजर्जा (जलविद्युत र वैकल्पिक उर्जा), यातायात पूर्वाधार। सड़क, हवाइ यातायात, रेल यातायात, जल यातायात), सूचना तथा सञ्चार प्रविधि, स्थानीय पूर्वाधार, विज्ञान तथा प्रविधि, शहरी विकास, ग्रामीण विकास, आवास तथा बस्ती विकास, भवन निर्माण पुनर्निर्माणलाई समेटिएको छ

    पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानीसम्बन्धी ऐन, २०६३ – पूर्वाधार संरचना भन्नाले सडक, सुरुङ मार्ग, पुल, अस्पताल, नहर, विद्युत उत्पादन 1 गृह, विद्युत् प्रसारण लाइन, केबुलकार लाइन, रेल्वे लाइन, ट्रलीबस संरचना, ट्रामवे, सुख्खा बन्दरगाह, जल परिवहन बिसौनीस्थल, विमानस्थल, प्रदर्शनीस्थल, पार्क, जलाशय, बाँध, ढल निकास, फोहोरमैला प्रशोधन व्यवस्थापन प्लाण्ट्टु ऊर्जा उत्पादन तथा वितरण, रङ्गशाला, सार्वजनिक सभागृह, बहुआवासीय भवन वा सार्वज गोदामघर सम्झनुपर्छ र सो शब्दले यस्तै प्रकृतिका अन्य पूर्वाधार संरचना समेतलाई जनाउँछ ।

     

    पूर्वाधार विकासः

    • पूर्वाधार विकास भनेको आर्थिक वृद्धि र जीवनको गुणस्तरमा सुधार गर्ने लक्ष्यका साथ आधारभूत सेवाहरूको निर्माण र सुधार हो।
    • पूर्वाधार विकास भन्नाले पूर्वाधारहरूको निर्माण, स्थापना, सञ्चालन, मर्मतसम्भार र ती पूर्वाधारहरूबाट प्रवाह गरिने सेवालाई बुझिन्छ।
    • पूर्वाधारहरुको निर्माण, स्थापना, विकास, विस्तार, सुधार एवं सुदृढिकरण नै पूर्वाधार विकास है। सामाजिक आर्थिक, भौतिक, वातावरणीय, साँस्कृतिक क्षेत्रको विकासको गतिशीलता प्रदान गर्ने संरचनागत आधार पूर्वाधार विकास हो।
    • सामाजिक आर्थिक साँस्कृतिक तथा मानव विकासको लाने निर्धारित नीति, रणनीति, प्रकृया र संरचनाहरुको स्थापना हो।
    • पूर्वाधार विकासदेशको समग्र विकास प्रक्रियाको आधार स्तम्भको रुपमा रहेका विभिन्न किसिमका (भौतिक तथा अभौतिक) पूर्वाधारहरूको निर्माण, स्थापना, सञ्चालन गरी सोको माध्यमबाट अन्य आर्थिक गतिविधिलाई सहज गराउनु नै पूर्वाधार विकास हो ।
    • सामान्य बुझाइको भाषामा भन्दा पूर्वाधार विकास भन्नाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी आपूर्ति, ढल निकास तथा सरसफाइ सेवा, दुरसञ्चार, विद्युत आदिमा भएको विकासलाई नै पूर्वाधार विकास भनिन्छ ।
    • पूर्वाधारको विकास गर्ने प्रमुख दायित्व सरकारको हो। यदि देशमा पूर्वाधारको विकास भयो भने देशमा लगानीको वातावरण बन्दछ, रोजगारी सिर्जना हुन्छ, देश समृद्धितर्फ अगाडि बढ्छ

    ·         यातायात, सञ्चार, ऊर्जा (विद्युत), खानेपानी सुविधा, दक्ष मानव पुँजी र पूँजी बजारको विस्तारले पूर्वाधार विकासलाई प्रोत्साहन गर्छ, जसले आर्थिक वृद्धिलाई गति दिन्छ।

    • पूर्वाधार विकासलाई आर्थिक विकासको मेरुदण्डको रूपमा लिइन्छ

    पूर्वाधार विकासको वर्गीकरण

    (१) भौतिक पूर्वाधार विकास (Hard InfrastructureDevelopment)

    आर्थिक एवम् औद्योगिक विकासका लागि आवश्यक सडक, शुद्ध खानेपानी, ढल निकास, सिँचाइ, सूचना तथसंचार प्रविधि, बिजुली एवम् ठूला भौतिक संरचनाहरू जसले उत्पादनका विभिन्न साधनहरूको गतिशीलता, परिचालन र परिवहनको माध्यमको रुपमा समेत काम गर्दछन् ।

    (२) अभौतिक पूर्वाधार विकास (Soft Infrastructure Development)

    भौतिक रुपमा देख्न, छुन वा अनुभूत गर्न नसकिने तर भौतिक पूर्वाधारहरूको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्ने

    निःशुल्क एवम् सहुलियत शिक्षा, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, आर्थिक श्रोतहरूको सहज परिचालनका लागि व्यापक बैकिन, सेवा एवम् वित्तीय प्रणाली, सामाजिक सुरक्षा आदि

    पूर्वाधार विकासको महत्व

    • पूर्वाधार विकासले सामाजिक, आर्थिक, सास्कृतिक, प्राविधिक, राजनैतिक विकासलाई गतिशील सम्भव बनाउँछ ।
    • स्थानीय स्रोत, साधन, सीप र प्रविधिको परिचालन र उपयोगमा मद्दत गर्छ
    • मानव जीवनशैलीमा सहजता ल्याउँछ- भौगोलिक विकटता र दुरीलाई कम गर्छ
    • उद्धोग, कलकारखाना आदि स्थापना र सँचालन गर्न- देश भित्रै रोजगारीका अवसर सिर्जना गर्छ
    • दिगो विकासका लक्ष्यहरु हासिल गर्न,
    • जनताको आयस्तरमा वृद्धि ल्याउँछ
    • पूर्वाधार विकास गर्न वैदेशिक लगानी भई त्यसबाट पूँजी, प्रविधि र ज्ञान भित्र्याउँछ ।
    • बस्तु तथा सेवाको पारवाहन र लागत खर्चमा कमी ल्याउँछ ।
    • आर्थिक क्रियाकलापहरुको वृद्धि गर्दछ ।
    • व्यापार बजार तथा अर्थतनत्र सबलीकरणका लागि मद्यत गर्दछ ।

    पूर्वाधार विकासका लागि संवैधानिक, कानूनी र नीतिगत ब्यवस्था

    संवैधानिक –

    • नेपालको संविधान, २०७२ मा धारा ५१ मा राज्यका नीति अन्तर्गत अर्थ, उद्योग र वाणिज्य नीतिमा राष्ट्रिय हित अनुकूल आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धनका क्षेत्रमा वैदेशिक पूँजी तथा प्रविधिको लगानीलाई आकर्षित गर्दै पूर्वाधार विकासमा प्रोत्साहन एवं परिचालन गर्ने उल्लेख छ ।
    • विकास सम्बन्धी नीति, नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति, प्राकृतिक साधन स्रोतको संरक्षण, सम्बर्द्धन र उपयोग सम्बन्धी नीतिमा विभिन्न पूर्वाधार विकासका विषय समेटिएको छ ।

    बजेटः

    • आर्थिक वर्ष २०८०/८१ को बजेटमा गुणस्तरीय भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखी सडक, रेलमार्ग, सिंचाइ, विद्युत, सहरी पूर्वाधार लगायतको निर्माणमा जोड दिइएको छ।

    कानूनः

    • सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ र नियमावली, २०७७
    • सार्बजनिक सडक ऐन, २०३१
    • रेल्वे ऐन, २०२०
    • विद्युत ऐन, २०४९ र नियमावली, २०५०
    • सवारी तथा यातायात व्यवस्था ऐन, २०४९
    • जलस्रोत ऐन, २०४९ र नियमावली, २०५०
    • फोहरमैला व्यवस्था ऐन, २०६८ र नियमावली, २०७०
    • दुरसञ्चार ऐन, २०५३ र नियमावली, २०५४
    • भवन ऐन, २०५५ र नियमावली, २०६६

    नीतिः

    • राष्ट्रिय जलस्रोत नीति, २०७७ सडक रणनीति, २०५८     राष्ट्रिय यातायात नीति, २०५८ हवाइ नीति, २०६३        राष्ट्रिय सहरी नीति, २०६४
    • जलउत्पन्न प्रकोप व्यवस्थापन नीति, २०७२ सूचना तथा सञ्चार प्रविधि नीति, २०७२

    स्थानीय पूर्वाधार विकास नीति, २०६१ राष्ट्रिय भूउपयोग नीति, २०७२, दूरसञ्चार नीति, २०६०राष्ट्रिय आवास नीति, २०५३, विदेशी लगानी नीति २०७१,

    पूर्वाधार विकास सम्बन्धमा भएका केही कार्यक्रम तथा प्रयास

    • राष्ट्रिय गौरवका आयोजनाको निर्धारण र सञ्चालन,
    • रूपान्तरकारी आयोजनाको व्यवस्था र सञ्चालन,
    • आयोजना बैंक कार्यान्वयन,
    • आवधिक योजनामा नै आयोजनाहरू निर्दिष्ट गरी कार्यान्वयनमा जोड,
    • विकासमा सार्वजनिक-निजी साझेदारी (PPP) अवधारणाको अवलम्बन,
    • भूकम्प तथा अन्य प्राकृतिक विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यक्रम।
    • पूर्वाधारक्षेत्रको विकासका लागि क्षेत्रगत दीर्घकालीन नीति र व्यवस्था
    • औद्योगिक पूर्वाधार विकास कार्यक्रम विशेष आर्थिक क्षेत्र (SEZ) बनाउने घोषणा
    • सबै निर्वाचन क्षेत्रमा रणनीतिक सडक,निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम,ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम, जनता आवास कार्यक्रम स्थानीय पूर्वाधार विकास कार्यक्रम,
    • पूर्वाधार विकास कम्पनीको स्थापना, जलविद्युत् विकास कम्पनी

    पूर्वाधार विकास सम्बन्धमा नेपालले गरेका सम्मेलन र अन्तर्राष्ट्रिय सम्मेलनहरूमा गरिएका प्रतिबद्धताहरू

    • एसियाली पूर्वाधार लगानी बैंकको सञ्चालक समिति सदस्यमा नेपाल छनोट,
    • विप्पा Bilateral Investment Protection and Promotion Agreement
    • दोहोरो कर मुक्ति सम्झौTaxation Avoidance Agreements लगायतका सम्झौताहरू,
    • पिटिए, डिटिए जस्ता सम्झौताहरू,

    दिगो विकास लक्ष्य (२०१६-२०३०) मा पूर्वाधार विकासलाई लक्ष्य न. ९ मा उद्योग नवप्रवर्तन तथा पूर्वाधार विषय समावेश गरि कार्यान्यनको चरणमा रहेको।

    संस्थागत प्रवन्धहरु :

    • शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग        काठमाण्डौ उपत्यका विकास प्राधिकरण    राष्ट्रिय आवश कम्पनी लिमिटेड
    • भौतिक तथा यातायात मन्त्रालय पूर्वाधार निर्माण तथा यातायात महाशाखा: भौतिक पूर्वाधार निर्माणको उद्देश्य रहेको,
    • सबै प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको
    • स्थानीय तहहरुमा भौतिक पूर्वाधार निर्माणमा जोड दिएको

    पन्ध्रौ योजनामा स्थानीय पूर्वाधार

    सोच: भरपदों सुलभ एवम् पहुँचयोग्य स्थानीय पूर्वाधार विकास।

    लक्ष्य : आर्थिक सामाजिक रूपान्तरणका लागि ग्रामीण अर्थतन्त्र र सामाजिक विकासमा सघाउ पुग्ने गरी स्थानिर्माण एवम् विकास गर्ने ।

    उद्देश्य: ग्रामीण पूर्वाधार विकासलाई दिगो र वातावरणमैत्री बनाउनुका साथै स्थानीय बजार र उत्पाग्रामीण जीवनलाई सरल, सहज र उत्पादनमूलक बनाउनु ।

    मितव्ययी र प्रभावकारी स्थानीय आधारभूत पूर्वाधारको विकास गर्नु।।

    सेवाप्रवाहका लागि आवश्यक सघन बस्ती विकास गर्दै क्रमशः नगरोन्मुख बनाई

     

    पूर्वाधार विकासको अबस्था (आर्थिक सर्वेक्षण र पन्ध्रौ योजनाको आधारमा)

    • आर्थिक वर्ष २०७९/८० को फागुन सम्ममा सडक विभागबाट जम्मा ३४,१०० किमि सडक निमर्माण भएको छ । यसमध्ये १७४८० कि.मि. कालोपत्रे, ७९५६ कि.मि ग्राभेल र ८६६४ किमि कच्ची सडक निर्माण भएको छ।
    • त्यसैगरी प्रदेश तथा स्थानीय स्तरमा ४७,३२० कि.मि. कच्ची, १४००० कि.मि. ग्राभल र ४७३७ कि. मि. कालोपत्रे गरी ६६.०५७ कि. मि. सडक निर्माण भएको छ
    • स्थानीय पूर्वाधार विसागबाट २०३९ फागुन सम्ममा ९.६६७ कोलुगे पुल र ६५३ सडक पुल निर्माण भएको छ
    • २०७९/८० को फागुन सम्ममा राष्ट्रिय ग्रीडमा जडित कुल विद्युत २,६६६ मेगावाट पुगेको छ यसमा जलविद्युतबाट २,४४९ मेगावाट, थर्मल प्लान्टबाट उत्त्पादित विद्युत ५४ मेगावाट, सौर्य प्लान्टबाट ७५ मेगावाट, बैर्काल्पक ऊर्जाबाट ८२ मेगावाट र चिनी मिलबाट सहउत्पादन प्रबिधि मार्फत ६ मेगाबाट उत्पादन भएको छ।
    • विद्युतमा पहुँच पुगेको जनसंख्या ९५ प्रतिशत छ।
    • जनकपुर जयनगर २६ किलोमिटर रेल्वे सेवा सञ्चालन भएको छ।
    • पूर्व पश्चिम विद्युतीय रेलमार्ग अन्तत बर्दिवास निजगढ खण्डमा २०७९ फागुनसम्म ५५ किमि टू याक बेड तया ७ वटा पुलको निमाण कार्य सम्पन्न भएको छ ।
    • कयणानी, कोशी, कालीगण्डकी, नारायणी, शिशुली र सुनकोशी नदीमा आन्तरिक जलमार्गमा जलयान सम्यान सम्बन्धी सम्भाव्यता अध्ययन भाएको छ
    • देशका सबै गाउंपालिका र नगरपालिका सम्म टेलिफोन सेवा विस्तार भएको छ। टेलिफोन घनत्व १४० प्रतिशत पुगेको छ।
    • ९० प्रतिशत भन्दा बढी देशको भूभागमा मोबाइल सेवाको पहुँच पुगेको छ।
    • रेडियाको पहुँच पुगेको जनसंख्या ९२ प्रतिशत छ।
    • इन्टरनेट ग्राहक घनत्व १३१ प्रतिशत पुगेको छ ।
    • (अस्पताल स्वास्थ्य चकी खोप खानेपानी ९३.३५ (२०७८ फागुन) मेलम्ची
    • ३ अ. विमानस्थल भैरवहा पोखरा ३७ नियमित अन्तर्रराष्ट्रय उडान २७आन्तरिक ५४ विमिनस्थल
    • हुलाकी सडक ८१८ किमी पुल १०५ मध्यपहाडी ११५७ किमी ९२ पुः
    • नागरिक आवासमा १८९२३० लाभग्राहीको फुसाको छाना विस्थापित
      सङ्घीय भवन मन्त्री आवास सभाहल भ्यू टावर बसपार्क फोहोरमैला व्यस्थापन
    • कृषि उत्पादनका विशिष्टीकृत क्षेत्र निर्धारण गरी उत्पादन एवम् उत्पादकत्व वृद्धि गर्ने र कृषिको आधुनिकीकरण एवं व्यवसायीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन
    • सिचाई- ३००५ थप भई १५१२४३२ कुल हेक्टरमा १६ वटा सिंचाई योजना संचालन
    • भूकम्पपछिको पुनर्निर्माणतर्फ ६ लाख ६० हजार निजी घर निर्माण सम्पन्न भएको छ। ४०८ सरकारी भवन, ७०५२ विद्यालय भवन, ११०५ स्वास्थ्य संस्था भवन, ६४० पुरातात्विक सम्पदा र २१६ सुरक्षा निकायका भवनको पुनर्निर्माण सम्पन्न भएको छ ।

     

    राष्ट्रिय गौरवका आयोजनाहरू

    1. हुलाकी राजमार्ग
    2. पुष्पलाल (मध्यपहाडी) लोकमार्ग
    3. उत्तर दक्षिण (कर्णाली कोरिडोर) लोकमार्ग
    4. उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग
    5. उत्तर दक्षिण कोशी कोरिडोर)
    6. रेल्वे तथा मेट्रो रेल विकास आयोजना
    7. सिक्टा सिंचाई आयोजना
    8. बबई सिंचाई आयोजना
    9. रानी जमरा र कुलरिया सिंचाई आयोजना
    10. सुनकोशी मरिण डाइभर्सन आयोजना
    11. महाकाली सिंचाई आयोजना
    12. भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना
    13. माथिल्लो तामाकोशी जलविद्युत आयोजना
    14. बुढी गण्डकी जलविद्युत आयोजना
    15. विद्युत प्रसारण आयोजना
    16. पश्चिम सेती जलविद्युत आयोजना
    17. पशुपति क्षेत्र विकास कोष
    18. लुम्बिनी क्षेत्र विकास कोष
    19. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
    20. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
    21. निजगढ अन्तराष्ट्रिय विमानस्थल
    22. मेलम्ची खानेपानी आयोजना
    23. काठमाडौं तराई फास्ट ट्रयाक
    24. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम

    नेपालको पूर्वाधार विकासमा देखा परेका समस्याहरू

    पूर्वाधार विकासलाई मूल लक्ष्य मानेर विभिन्न नीतिगत तथा कार्यक्रमगत व्यवस्थाहरू गरिएका भएता पनि निम्न (समस्याहरूले) कारणहरूले गर्दा अपेक्षित रुपमा पूर्वाधारहरू विकास हुन सकिरहेका छैनन् :-

    नीतिगतः

    • पूर्वाधार विकास सम्बन्धी क्षेत्रगत नीति, आवधिक योजना, बजेटका प्राथमिकताबीच तालमेल एवम् समन्वय कमजोर
    • ठूला पूर्वाधार आयोजना छनौट र कार्यान्वयनकाको लागि छुट्टै कानूनी व्यवस्था नहुनु
    • पूर्वाधारहरूलाई प्राथमिकीकरण गरी लगानी नगर्ने प्रवृत्ति P1 P2 P3
    • राजनैतिक हस्तक्षेपः बजेट विनियोजन आफ्नै क्षेत्रमा कार्यान्वयनमा न्यून चासो pork barrelling

    कमजोर पुर्वतयारीः

    • प्राविधिक रुपमा तयार नभएका पूर्वाधारको निर्माण DPR IEE EIA Project Bank
    • जग्गा प्राप्तिः जग्गा प्राप्ति र मुआब्जाका मुद्दाहरू समयमा समाधान गर्न नसकिनु,
    • स्थानीय विवाद ठेक्का प्रक्रिया तथा कार्यान्वयन वातावरण- पूर्वाधार निर्माणमा स्थानीय अवरोध शुरु योजना नै शुरुवात नहुने
    • बन र वातावरणको विषयले गर्दा सास्ती व्यहोर्न पर्नु रुख काट्न झण्कटिलो छ, वातावरण सम्बन्धी प्रभाव मूल्यांकन गर्न दुई तीन वर्ष लाग्छ ।)

    वित्तीयः

    • कमजोर अर्थतन्त्रका कारण आन्तरिक श्रोतकोपरिचालनबाट मात्रै पूर्वाधार विकास गर्न नसकिनुः श्रोत जोहो गर्न नसकिने
    • उपयुक्त लगानीको वातावरणको अभावले स्वदेशी, निजी एवम् विदेशी लगानीलाई आकर्षित गर्न नसकिनु ।
    • वैदेशिक लगानी न्यून वैदेशिक सहायता पनि नआउने
    • निजी क्षेत्र कमजोर

    समन्वयः

    • अन्तरतह र अन्तरसरकारी निकाय समन्वयको अभावले पूर्वाधार निर्माणमा ढिलासुस्ती हुनु र एक निकायले गरेको निर्णयलाई अर्कोले नमान्नु,
    • सहभागितामूलक योजना प्रक्रियाबाट आयोजनाको छनोट, निर्माण र उपयोग व्यवस्थित हुन नसक्नु

     

    कार्यान्वयनः

    • भौगोलिक विकटता एवम् कमजोर भू-धरातल पूर्वाधार विकासमा अभिशापको रुपमा रहनु
    • सम्भाव्यता अध्ययन तथा इन्जिनियरिंग डिजाइन विना आयोजना कार्यान्वयन गर्नु

    दक्ष एवम् उच्च क्षमतावान प्राविधिक जनशक्तिको कमी

    • आयोजनाहरू निर्धारित समयमा सम्पन्न नहुनु र लागत बढ्दै जानु, पर्याप्त तथा नियमित रूपमा नदीजन्य, खानीजन्य निर्माण सामाग्री र विद्युतको उपलब्धतामा
    • ठेक्केदारको कमजोर कार्यक्षमता व्यवसायिक नहुने
    • विकास प्रशासक र परियोजना व्यवस्थापकको व्यावसायिक क्षमता कमजोर हुनु मेलम्ची आयोजना

    अन्यः

    • निर्मित संरचनाहरूको गुणस्तर र दिगोपना कायम हुन नसक्नु,
    • पूर्वाधार निर्माण र मर्मत सम्भारमा सम्बन्धित निकायको क्षमता अभिवृद्धि नहुनु,
    • आवास निर्माणमा मापदण्डको कार्यान्वयन नहुनु, भूकम्प प्रतिरोधी भवन संहिताको पालना नगरिनु,

    समस्या समाधानका उपायहरू

    पूर्वाधार विकास क्षेत्रमा लगानी प्रवर्द्धन गर्न लागनीमैत्री कानूनहरूको निर्माण गर्ने एवम् वातावरण सिर्जना गर्ने ।

    आपसी सहमति एवम् सहकार्यको माध्यमबाट राजनैतिकस्थिरता कायम राख्दै देश विकासका लागि पूर्वाधारको विकास अत्यावश्यक छ भन्ने विचार एवम् सचेतना राजनैतिक पार्टी एवम् तिनका नेतृत्वकर्तामा जगाउनुपर्ने ।

    Public-Private-Partnership को अवधारणा अनुरुप सरकार एवम् निजी क्षेत्रको सहभागितामा पूर्वाधार विकासका लागि उपलब्ध श्रोतहरूको परिचालन र प्रभावकारी उपयोगको व्यवस्था मिलाउने ।

    पूर्वाधार विकासका क्षेत्रहरूको प्राथमिकीकरण गरीप्राथमिकता प्राप्त विकास आयोजनाहरूलाई पर्याप्त बजेट विनियोजन सुनिश्चित गर्ने ।

    पूर्वाधार विकासका क्षेत्रगत मापदण्डहरू निर्धारण गरीसोको प्रभावकारी रुपमा पालना गर्नुपर्ने ।पूर्वाधारहरूको निर्माण, दिगो व्यवस्थापन र उपयोगकालागि राजनैतिक एवम, संस्थागत सुशासनका माध्यमबाटप्रभावकारी प्रणालीको विकास गर्ने ।

    विकासका पूर्वाधारहरूको आवश्यकता पहिचानको सहजताको लागि पूर्वाधार विकास सम्बन्धी भरपर्दो र विश्वासनीय सूचना तथा तथ्यांक प्रणालीको स्थापना गर्ने ।

    स्थानीय जनताहरूको संलग्नता एवम् सहभागितामा स्थानीय पूर्वाधारहरूको निर्माण, सञ्चालन एवम् व्यवस्थापन गरी उनीहरूलाई स्वामित्व बोध तथा उत्तरदायित्व बोध गराउने ।

    पूर्वाधार निर्माण पूर्वः

    सम्भाव्यता अध्ययनडिजाइन जस्ता प्राविधिक पूर्वशर्तहरूलाई अनिवार्य गर्ने,

    आवश्यक जग्गाको वैज्ञानिक प्रणालीबाट निर्धारण गरी जग्गा प्राप्तिलाई सहज बनाउने,

    बातावरणीय प्रभाव मूल्याङ्कन विस्तृत अध्ययन र आवश्यक डिजाइन लगायतका प्राविधिक काम पूरा गरिसकेपछि मात्रनिर्माणका लागि अनुमति दिने व्यवस्था मिलाउने,

    सामाजिक अवरोधलाई समयमा नै हल गर्न समन्वय र सहजीकरण गर्ने,

    कार्यान्वयन चरणमाः

    पूर्वाधार संरचनाको निर्माणमा गुणस्तरमा कुनै पनि सम्झौता नहुने  गरी अनुगमन र मूल्याङ्कनको व्यवस्था गर्ने,

    देशमा सिमेन्ट, रड लगायतका निर्माण सामग्री उत्पादन गर्ने र सो को व्यवस्थापन गर्ने ।

    पूर्वाधारको आर्थिक सुनिश्चता गरी निर्वाध रुपमा सम्पनन हुने गरी व्यवस्था मिलाउने ।

    निर्माण पश्चातः

    पूर्वाधारहरूमा उपयोग र नियमित मर्मतका लागि समुदाय र स्थानीय तहका सरकारहरूकोजिम्मेवारी निधारण गर्ने,

    पूर्वाधारहरूको मर्मतलाई नियमित गर्न पर्याप्त आर्थिक स्रोत र जनशक्तिको व्यवस्थामिलाउने,

    अन्यः

    • नेपालका परियोजनाहरूमा विदेशी निर्माण व्यवसायीहरूसँगै नेपाली व्यवसायीहरूले पनि काम गर्ने वातावरण मिलाउने र क्षमता विकास गर्ने
    • सहरी क्षेत्रमा योजनबद्ध विकास गर्न अव्यवस्थित सहरीकरणको सुधारका कार्यलाई अघि बढाउने,
    • पूर्वाधार निर्माण र सञ्चालनमा सार्वजनिक निजी साझेदारीका लागि निजी क्षेत्रलाई उत्प्रेरित र प्रोत्साहित गर्ने,
    • अनियमितता कम गर्न विभिन्न प्रवर्द्धनात्मक र उपचारात्मक उपायहरूको अवलम्बन र कडा कानूनी कारवाहीको व्यवस्था गर्ने।
    • नेपालको भौगोलिक संरचना अनुरूपका प्रविधिहरूको विकास गर्ने,
    • आयोजनाहरू समयमा सम्पन्न गर्न राजनीतिक प्रतिबद्धता र आर्थिक सुनिश्चितता
    • हरित विकास मोडेललाई अवलम्बन गर्ने
    • प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षालयहरू विस्तार गरी स्वदेशमा नै उपयोग गर्न लगानी अभिवृद्धि गर्ने,

     

    प्रश्नः

    १. नेपालमा भौतिक पूर्वाधारको विकासको महत्वमाथि प्रकाश पार्दै गुणस्तरीय र दिगो भौतिक पूर्वाधार विकासका लागि गर्नुपर्ने सुधारको ब्याख्या गर्नुहोस । (Highlight the importance of Physical Infrastructure Development in Nepal and elaborate the reforms for qualitative and sustainable physical infrastructure development.)10 (PSC, 2077-06-02, Law)

    २. ख”आर्थिक विकासको मेरुदण्ड नै पूर्वाधार विकास हो” भन्ने भनाई प्रति आफ्नो धारणा राख्नुहोस हाम्रो जस्तो  विकासोन्मुख देशमा पूर्वाधार विकासका अबरोधहरु के के हुन् ? लेख्नुहोस । (Give your views on “Infrastructure Development is the backbone of Economic Development” also. Discuss the hindrance of Infrastructure development in developing countries like Nepal. 5+5 (2075, Law)

    ३. पूर्वाधार विकासका क्षेत्रहरु उल्लेख गर्दै देश विकासमा पूर्वाधार विकासको महत्वमाथि प्रकाश पार्नुहोस । (Identify the Infrastructure Development Sectors. Discuss the Importance of Infrastructure development in National Development.) (5+5) (परराष्ट्र, २०७५)

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamul, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100