सेयर बजार ११.९३ अंकले बढ्यो,जीवन बीमामा आकर्षण - Chaitanya News
  • 2026-09-17
  • 16:45:53
  • बिहिबार,आश्विन ०१, २०८३
  • सेयर बजार ११.९३ अंकले बढ्यो,जीवन बीमामा आकर्षण

    सेयर बजार ११.९३ अंकले बढ्यो,जीवन बीमामा आकर्षण

    काठमाडौं– आज(बिहीबार) सेयर बजार ११.९३ अंक बढेर २६२४ अंकमा कायम भएको छ। कारोबार रकम सामान्य बढेको छ। अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४९ करोडको भयो।

    आज जीवन बीमा समूहमा आकर्षण देखिएको छ। यो समूह सबैभन्दा धेरै १.०८ प्रतिशत बढ्यो।

    बैंकिङ ०.५८, विकास बैंक ०.३८, फाइनान्स ०.२३, होटल तथा पर्यटन ०.८५, जलविद्युत् ०.६३, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.५५, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.२२ प्रतिशत बढे। लगानी ०.१८ र अन्य समूह ०.०४ प्रतिशत घटे।

    आज १७७ कम्पनीको मूल्य बढ्दा ८५ को घटेको छ। १६ कम्पनीको स्थिर रह्यो।

    धौलागिरि लघुवित्तको मूल्य १२.४३, नारायणी डेभलपमेन्ट बैंकको ६.४४, माउन्टेन हाइड्रो नेपालको ५.५१, पिपुल्स हाइड्रोपावरको ४.१९ प्रतिशत मूल्य बढ्यो। हाथवे इन्भेस्टमेन्टको २.९७, सीवाईसी लघुवित्तको २.८०, सिर्जनशील लघुवित्तको २.७८ प्रतिशत मूल्य घट्यो।

    आज धेरै कारोबार भएका कम्पनीमा सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी तथा पिपुल्स हाइड्रोपावर कम्पनी क्रमशः अगाडि रहे।