1.संयुक्त राष्ट्रसंघ (UNO)को महासभामा पहिलो पटक सहभागी हुने नेपाली व्यक्ति को हुन्?
A) ऋषिकेश शाह B) अमृत राई C) चुडा प्रसाद शर्मा D) मातृका प्रसाद कोइराला
2. तल उल्लेखित मध्ये कुन जिल्लाको सीमाना चीनसँग मात्र जोडिएको छैन् ?
A. मनाङ B. मुस्ताङ C. दार्चुला D. दोलखा
3.सार्क राष्ट्रमा भूपरिवेष्ठित मुलुकहरू कुन-कुन हुन् ?
A) नेपाल,भारत र भुटान B) नेपाल, भुटान र अफगानिस्तान
C) नेपाल,पाकिस्तान र भुटान D) भुटान, बंगलादेश र अफगानिस्तान
4.तलका भनाइ विचार गर्नुहोस् ।
i.संयुक्त राष्ट्रसंघको स्थापना सन् १९४५ अक्टोबर २४ मा भएको हो।
ii.संयुक्त राष्ट्रसंघको बडापत्र सन् १९४५ अक्टोबर २८ देखि लागू भयो।
iii.संयुक्त राष्ट्रसंघको पहिलो बैठक सन् १९४६ जनवरी १० मा लण्डनको वेस्टमिन्स्टर हलमा बसेको थियो।
iv.संयुक्त राष्ट्रसंघको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्नु हो।
माथिका भनाइमध्ये कुन-कुन सही छन्?
A) i र ii मात्र B) i, iii र iv मात्र C) ii, iii र iv मात्र D) i, ii, iii र iv
5.नेपालमा दास प्रथा उन्मूलन गर्ने राणा प्रधानमन्त्री को हुन्?
A) जंगबहादुर राणा B) चन्द्र शमशेर C) पद्म शमशेर D) मोहन शमशेर
6.एकजना व्यक्ति सप्ताहव्यापी आफ्नो यात्राको पहिलो दिन 1 कि.मी. हिँड्छ र दिनै पिच्छे अघिल्लो दिन हिँडेको दुरीको दोब्बर दूरी हिँड्छ भने सप्ताहको अन्तिम दिन सम्ममा उसले कति दुरी पार गर्ला ?
(A) 125 कि.मि. (B) 127 कि.मि. (C) 130 कि.मि. (D) 120 कि.मि.
7.केही मानिस र घोडाहरू कतै जाँदै छन् । घोडा र मानिसको संख्या बराबर छ । कुल मानिसहरू मध्ये आधा घोडामा बसेका छन् । यदि त्यहाँ हिंडिरहेका खुट्टाको संख्या 70 भए घोडाको संख्या कति होला ?
A. 11 B. 12 C. 13 D. 14
8.दिइएको श्रेणि क्रमममा प्रश्न चिन्ह भएको ठाउँमा के हुन्छ ?
0, 6, 24, 60, 120, 210, ?
A. 240 B. 290 C. 336 D. 504
9. समूहमा नमिल्ने कुन छ ?
A. Swimming B. Sailing C. Diving D. Driving
10.Venerate लाई Worship भए जस्तै Extol लाई के हुन्छ ?
A. Glorify B. Homage C. Complement D. Recommend
11. विश्वकप फुटबल २०२६ (FIFA World Cup, 2026) कहिले देखि शुरू भएको हो?
A) ९ जुन, २०२६ B) १० जुन, २०२६ C) ११ जुन, २०२६ D) १२ जुन, २०२६
12. नेपालमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कुन प्रदेशमा आयोजना गर्ने निर्णय भएको छ?
A) लुम्बिनी प्रदेश B) मधेश प्रदेश C) कर्णाली प्रदेश D) कोशी प्रदेश
13.गुग्लिएल्मो मार्कोनीको सम्बन्धमा तलका मध्ये कुन भनाइ गलत छ?
A. गुग्लिएल्मो मार्कोनीको जन्म सन् १८७४ मा इटालीमा भएको थियो।
B. उनलाई रेडियोको आविष्कारक मानिन्छ।
C. सन् १९०९ मा उनले भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरे।
D. सन् १९१६ मा उनले चुम्बकीय डिटेक्टर बनाए ।
14.आधुनिक आनुवंशिकी (Modern Genetics) का पिता भनेर कसलाई चिनिन्छ?
A. विलियम बेटेसन B. ग्रेगर मेन्डल C. लुइ पास्चर D. हिप्पोक्रेटस
15.निम्नमध्ये कुन रोगको रोकथाममा खोपको भूमिका महत्वपूर्ण छ ?
A. मधुमेह B.क्षयरोग C. उच्च रक्तचाप D. क्यान्सर
16.एक नियमित हप्तामा 5 कार्यदिन हुन्छ । प्रतिदिन 8 घण्टा गर्नुपर्छ, एक व्यक्तिले आफ्नो नियमित कार्यवापत प्रतिघण्टा रु.24 र ओभरटाइम वापत प्रति घण्टा रु.32 लिन्छ । यदि उसले 4 हप्तामा रु.4320 कमाएछ भने उसले कुल कति घण्टा काम गर्यो होला ?
A. 160 B. 175 C. 180 D. 195
17.A ले कुनै कामको 40% भाग 12 दिनमा गर्न सक्छ । B ले कुनै कामको 60% भाग 15 दिनमा गर्न सक्छ । A र B ले सँगै 10 दिन काम गर्छ । बाँकी काम C ले एक्लै 4 दिनमा पूरा गर्छ । A, B र C ले सोही कामको 28% भाग कति समयमा पूरा गर्लान् ?
A. 22 दिन B. 3 दिन C. 12 दिन D. 2 दिन
18.एउटा ट्रक मालिकले 3 वर्ष सम्म लगातार पेट्रोल प्रतिलिटर रु.750,रु.800 मा किन्छ । उसले प्रत्येक वर्ष रु. 4,00,000 खर्च गर्छ भने पेट्रोलको प्रतिलिटर औसत मूल्य कति छ ?
A. 798 B. 800 C. 698 D. 492
19.एउटा गाउँमा 60% परिवारसँग गाई छ, 30% परिवारसँग भैसी छ र प्रत्येक 15% परिवारसँग गाई र भैसी दुबै छन् भने गाउँमा कूल 960 परिवार हुन कति परिवारसँग गाई वा भैसी छैन ?
A. 200 B. 240 C. 260 D. 280
20.एउटा पसलमा एउटा वस्तु 320% नाफामा बेचियो । C.P 25% बढाएर S.P स्थिर राख्दा विक्री मूल्यको कति प्रतिशत नाफा हुन्छ ?
A. 30% B. 70% C. 100% D. 250%
1. C 11. C
2. C 12. C
3. B 13. D
4. D 14. A
5. B 15. B
6. B 16. B
7. C 17. D
8. C 18. D
9. D 19. B
10. A 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100