काठमाडौँ– विशेष अदालत काठमाडौँमा पनि आगजनी भएको छ। जेन जेडहरूले अदालतका दस्तावेज र कागजहरू सडकमा फालेर त्यहीँ आगजनी गरेका छन्। त्यस्तै, अदालत परिसरमा रहेका सवारीसाधनहरूमा पनि आगजनी गरिएको छ। उग्र प्रदर्शनमा उत्रिएका जेन जेडहरूले यसअघि सिंहदरबारपछि सर्वोच्च अदालतमा समेत आगजनी गरेका थिए। उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवनलगायत स्थानमा तोडफोड र आगजनी गरिरहेका छन्। अहिले पनि उनीहरू सरकारी कार्यालय तथा अन्य भवनहरू खोज्दै जलाउँदै हिँडेका छन्।


