काठमाडौँ– जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।
आज (बुधबार) लोक सेवा आयोग काठमाडौं केन्द्रीयले आज एक सूचना जारी गरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको शाखा अधिकृत पदको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको विज्ञापन नम्बर ५,६–०८१–८२ (खुला तथा समावेशी), तह ६, प्रशासन सेवा, प्रशासन लेखा तथा स्टोर समूह, शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।
![]()
![]()