सुनको मूल्य २ लाख १० हजार नाघ्यो, चाँदीको भाउ कति ? - Chaitanya News
  • 2026-07-15
  • 04:59:44
  • मंगलबार,आषाढ ३०, २०८३
  • सुनको मूल्य २ लाख १० हजार नाघ्यो, चाँदीको भाउ कति ?

    सुनको मूल्य २ लाख १० हजार नाघ्यो, चाँदीको भाउ कति ?

    काठमाडौँ– पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्यले आज (शुक्रबार) पनि नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले बढ्दै आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो।

    यो मूल्य अहिलेसम्मकै उच्च हो। अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

    आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ।