चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 452 of 1152
  • 2026-11-21
  • 14:49:51
  • शनिबार,मंसिर ०६, २०८३

About Author

महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्दै नेदरल्यान्डस

काठमाडौँ– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा घरेलु टोली नेपालविरुद्ध नेदरल्यान्डसले पहिला ब्याटिङ गर्ने भएको छ। नेदरल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाली महिला टोलीले पहिले फिल्डिङ गर्ने भएको हो। समूह चरणको पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित नेपाल दोस्रो खेलमा पहिलो जित हासिल गर्ने दाउमा छ। आजको खेल पनि हारे नेपाललाई सुपर सिक्समा पुग्न कठिन हुनेछ। त्यसैले नेपाली टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ। उता समूह चरणमा दुई खेल जितेको नेदरल्यान्डस लगातार तेस्रो जित हासिल गर्दै सुपर सिक्समा स्थान पक्का गर्न चाहन्छ। नेदरल्यान्डसले समूह चरणको खेलमा जिम्बाबे र स्कटल्यान्डलाई हराएको थियो। नेपालको टोली स् विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, पूजा महतो, इन्दु बर्मा ९कप्तान०, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सिता रानामगर, रिया शर्मा र सुमन विष्ट

News by महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्दै नेदरल्यान्डस :