प्रतिनिधि सभा निर्वाचन: यी हुन् रास्वपाले प्रत्यक्षमा उठाएका १७ महिला उम्मेदवार - Chaitanya News
  • 2026-04-26
  • 22:13:46
  • आइतबार,बैशाख १३, २०८३
  • प्रतिनिधि सभा निर्वाचन: यी हुन् रास्वपाले प्रत्यक्षमा उठाएका १७ महिला उम्मेदवार

    प्रतिनिधि सभा निर्वाचन: यी हुन् रास्वपाले प्रत्यक्षमा उठाएका १७ महिला उम्मेदवार

    काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १६ महिला उम्मेदवार बनाएको छ।

    रास्वपाले कोशीमा ५, मधेश र बागमतीमा ४र४ जना महिला उम्मेदवार बनाएको छ।

    गण्डकी र सुदूरपश्चिमा १–१ र कर्णालीमा २ जना महिला रास्वपाको उम्मेवार बनेका छन्। लुम्बिनीमा भने रास्वपाबाट महिला उम्मेदवार बन्न सकेनन्।

    कोशीका २८ क्षेत्रमा सुनसरीमा १ झापा र मोरङबाट २–२ जना उम्मेदवार बनेका छन्। पूर्व उपसभामुख इन्दिरा रानामगरलाई झापा–२ बाट उम्मेदवार बनाइएको छ। झापा–१ बाट यसअघि समानुपातिक सांसद रहेकी १ निशा डाँगीलाई उम्मेदवार बनाइएको छ।

    सुनसरी–१ मा सरिन तामाङलाई रास्वपाले उम्मेदवार बनाएको छ। उनी गत निर्वाचनमा पनि यही क्षेत्रमा प्रतिस्पर्धी हुन्। मोरङ–५ मा आशा झा र मोरङ ६ मा रुविना आचार्यलाई रास्वपाले उम्मेदवार बनाएको छ।

    मधेशका ३२ क्षेत्रमा चार जना महिलालाई रास्वपाले उम्मेदवार बनाएको छ। मधेशबाट रास्वपाले उम्मेदवार बनाएका महिलाहरुमा सप्तरी–१ मा पुष्पा चौधरी, धनुषा–१ मा किशोरी साह, महोत्तरी ४ मा गौरीकुमारी यादव र सर्लाही–१ मा नितिमा कार्की छन्।

    ३३ क्षेत्र रहेको बागमती पनि रास्वपाबाट ४ महिलालाई रास्वपाले उम्मेदवार बनाएको छ। सामाजिक अभियन्ता आशिका तामाङ धादिङ–१ बाट प्रतिस्पर्धी बनेकी छन्। काठमाडौं–१ मा रञ्जु दर्शना उम्मेदवार बनिन्। समानुपातिकतर्फ उम्मेदवारको सूचीबाट हटाएर उनलाई प्रत्यक्षको उम्मेदवार बनाइएको छ । गत निर्वाचनमा काठमाडौं–२ मा निर्वाचित सोविता गौतमले चितवन–२ बाट उम्मेदवार बनिन्।

    १८ निर्वाचन क्षेत्र रहेको गण्डकीमा रास्वपाबाट एकजना मात्रै उम्मेदवार बन्न पाउने विना गुरुङ बनेकी छन्। उनलाई कास्की –३ बाट उम्मेदवार बनाइएको छ। १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा हुम्लामा टासी ल्हाजोम र जुम्लामा विनिता कठायत उम्मेदवार बनेका छन्। वातावरणको क्षेत्रमा कार्यरत टासीको नाम समानुपातिकको सूचीबाट हटाएर प्रत्यक्षमा उठाइएको हो। विघटित संसदमा समानुपातिक सांसद रहेकी कठायत प्रत्यक्षमा उठेकी छन्।

    १६ क्षेत्र रहेको सुदूरपश्चिममा रास्वपाबाट सुदूरपश्चिममा कैलाली–१ बाट कोमल ज्ञवाली उम्मेदवार बनिन् । २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा भने महिला उम्मेदवार उठाइएन।