महिला टी–२० विश्वकप ग्लोबल छनोटमा आज नेपाल नेदरल्यान्ड्ससँग भिड्दै - Chaitanya News
  • 2026-06-13
  • 17:24:19
  • शनिबार,जेठ ३०, २०८३
  • महिला टी–२० विश्वकप ग्लोबल छनोटमा आज नेपाल नेदरल्यान्ड्ससँग भिड्दै

    महिला टी–२० विश्वकप ग्लोबल छनोटमा आज नेपाल नेदरल्यान्ड्ससँग भिड्दै

    काठमाडौँ– काठमाडौँमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग भिड्ने भएको छ।

    समूह ‘बी’ अन्तर्गतको उक्त खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको छ।

    महिला टी–२०आई वरियतामा नेदरल्यान्ड्स १४औं स्थानमा छ। नेपाली टोली २१औं स्थानमा छ। नेपालले नेदरल्यान्ड्ससँग हालसम्म ३ खेल खेल्दा ३ वटै खेलमा पराजित भएको छ।

    नेपालको टोलीः इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, रचना चौधरी, राजमती ऐरी रहेका छन्।