झापा–५ मा बालेन साह उम्मेदवारका रूपमा मात्र सीमित रहने केपी ओली दाबी - Chaitanya News
  • 2026-11-21
  • 14:56:03
  • शनिबार,मंसिर ०६, २०८३
  • झापा–५ मा बालेन साह उम्मेदवारका रूपमा मात्र सीमित रहने केपी ओली दाबी

    झापा–५ मा बालेन साह उम्मेदवारका रूपमा मात्र सीमित रहने केपी ओली दाबी

    काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा रास्वपाका वरिष्ठ नेता बालेन साहप्रति टिप्पणी गरेका छन्।

    ओलीले उक्त क्षेत्रमा बालेन साह उम्मेदवारका रूपमा मात्र सीमित रहने दाबी गरेका छन्।

    झापा–५ मा आयोजित युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक नेतृत्वका लागि स्पष्ट दृष्टिकोण आवश्यक हुने उल्लेख गरे। उनले आफूले नयाँ भएको दाबी मात्र पर्याप्त नहुने भन्दै विचार, नीति र योजनाबिनाको राजनीतिले परिणाम नदिने धारणा राखे।

    भेलामा सम्बोधनका क्रममा ओलीले बालेन साहसँग दीर्घकालीन सोच र स्पष्ट कार्ययोजना नभएको आरोप पनि लगाए। उनले विकास र पूर्वाधार निर्माणमा आफ्नो भूमिकाको चर्चा गर्दै व्यक्तिगत उदाहरणसमेत प्रस्तुत गरेका थिए।