आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने - Chaitanya News
  • 2026-11-21
  • 14:55:52
  • शनिबार,मंसिर ०६, २०८३
  • आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

    आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ। आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा तुवाँलो लागेको छ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

    त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भागमा मौसम मुख्यतया सफा रहने छ।

    महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुनसक्ने तराईका विभिन्न विमानस्थलहरूमा दृश्यता घट्दा उडानमा अवरोध हुनसक्ने तथा लामो तथा छोटो दूरीका सवारीसाधनका चालकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।