काठमाडौँ– लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदहरूको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ। आज (बुधबार) आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गरी परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६७०१–१६७०७–०८२–८३ (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा बागलुङ परीक्षा केन्द्र राखी, दरखास्त पेस भई दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र (भवन) कायम गरिएको छ।
![]()