चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1093 of 1150
  • 2026-11-20
  • 04:29:14
  • बिहिबार,मंसिर ०४, २०८३

About Author

लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी कांग्रेसमा प्रवेश गर्दै

काठमाडौं– लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्ने भएकी छन्। बुधबार उनी कांग्रेस प्रवेश गर्ने भएकी हुन्। पार्टी प्रवेशका लागि उनी अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छन्। स्रोतका अनुसार काँग्रेसले नेतृ चौधरीलाई सर्लाही–४ मा टिकट दिने निश्चित भएको छ। सर्लाही–४ मा डा. अमरेशकुमार सिंहले टिकटको दावी गर्दै आएका थिए। चौधरी पार्टी प्रवेश गरेपछि नेता सिंहले टिकट नपाउने लगभग निश्चित भएको छ। लोसपाका कार्यकारिणी सदस्य समेत रहेकी नेतृ चौधरी अध्यक्ष महन्थ ठाकुर निकट हुन्। उनी लोसपाबाट समानुपातिक सांसद भएकी थिइन्। यसपटक समानुपातिकमा नपरेपछि उनी काँग्रेसमा प्रवेश गर्न लागेकी हुन्।  

News by लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी कांग्रेसमा प्रवेश गर्दै :