कमेडी च्याम्पियन हिमेश धादिङ १ बाट चुनाव लड्ने - Chaitanya News
  • 2026-04-18
  • 07:24:35
  • शनिबार,बैशाख ०५, २०८३
  • कमेडी च्याम्पियन हिमेश धादिङ १ बाट चुनाव लड्ने

    कमेडी च्याम्पियन हिमेश धादिङ १ बाट चुनाव लड्ने

    काठमाडौं– कमेडी च्याम्पियन विजेता हिमेश पन्त धादिङ १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका छन्।

    आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका हुन्।

    स्वतन्त्र पार्टीको धादिङ जिल्ला समितिले सो क्षेत्रबाट पन्तको नाम सिफारिस गरेको हो।

    उनी टिभी रियालिटी शो कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हुन्।