२ अर्बभन्दा बढीको आईपीओ निष्कासनको अनुमति मागे ३ कम्पनीले - Chaitanya News
  • 2026-04-18
  • 07:20:16
  • शनिबार,बैशाख ०५, २०८३
  • २ अर्बभन्दा बढीको आईपीओ निष्कासनको अनुमति मागे ३ कम्पनीले

    २ अर्बभन्दा बढीको आईपीओ निष्कासनको अनुमति मागे ३ कम्पनीले

    काठमाडौं– तीनवटा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) कोला लागि धितोपत्र बोर्डसँग अनुमति माग गर्दै आवेदन दिएका हुन्। दुईवटा हाइड्रोपावर र एउटा उत्पादनमूलक समूहको सिमेन्ट उद्योगले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउँदै बोर्डमा आवेदन दिएका छन्।

    तीन कम्पनीको २ अर्ब १४ करोड ७१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको २ करोड १४ लाख ७१ हजार ५६८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेका हुन्।