नेपाली कांग्रेसले गर्यो सल्यान जीप दुर्घटनाप्रति दुस्ख व्यक्त - Chaitanya News
  • 2026-04-18
  • 07:22:06
  • शनिबार,बैशाख ०५, २०८३
  • नेपाली कांग्रेसले गर्यो सल्यान जीप दुर्घटनाप्रति दुस्ख व्यक्त

    नेपाली कांग्रेसले गर्यो सल्यान जीप दुर्घटनाप्रति दुस्ख व्यक्त

    काठमाडौं– नेपाली कांग्रेसले सल्यान जीप दुर्टनामा ज्यान गुमाएकोप्रति दुस्ख व्यक्त गरेको छ।

    कपुरकोट गाउँपालिका ३ मुलपानीनजिक आज बिहान भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्कांग्रेस प्रवक्ता
    प्रकाशशरण महतले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

    ुदुर्घटनामा परी जीवन गुमाउनु भएका सबैमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,ु विज्ञप्तिमा भनिएको छ ।

    देशभरका राजमार्ग तथा कच्ची बाटाहरु बाढी र पहिरोले बिग्रेकाले चाडबाडको समयमा यात्रा गर्दा विशेष ध्यान दिन उनले आग्रह गरेका छन्। साथै सवारी साधनको नियमित परीक्षण, मर्मतसम्भार, सीटसंख्या अनुसार यात्रुहरुको व्यवस्थापन र समय तालिका अनुसार सवारी साधन सञ्चालन गर्नेतर्फ ध्यान दिन पनि सुझाव दिएका छन्।

    विज्ञप्तिमा भनिएको ,मनसूनको प्रभाव अझै नसकिएको र देशभरका राजमार्ग तथा कच्ची बाटाहरु बाढी र पहिरोले बिग्रेको अवस्था रहेकोले दशै, तिहार र छठ जस्ता चाडबाडको समयमा यात्रा गर्दा जोखिमलाई ध्यानमा राख्न सवारी साधन धनी, चालक दलका सदस्य, यात्रुहरु र सडक यातायात तथा सवारी साधन व्यवस्थापनमा सक्रिय नेपाल प्रहरी, राजमार्ग यातायात संचालक समिति र स्थानीय निकायका संबन्धित अधिकारीहरुलाई अनुरोध गर्दछु। सवारी साधनहरुको नियमित परीक्षण, मर्मतसंभार, सीटसंख्या अनुसार यात्रुहरुको व्यवस्थापन र समय तालिका अनुसार सवारी साधन सञ्चालन गर्नेतर्फ ध्यान दिन पनि म सम्बन्धन्ति सबैमा हार्दिक अनुरोध गर्दछु।