लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी कांग्रेसमा प्रवेश गर्दै - Chaitanya News
  • 2026-04-18
  • 07:24:35
  • शनिबार,बैशाख ०५, २०८३
  • लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी कांग्रेसमा प्रवेश गर्दै

    लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी कांग्रेसमा प्रवेश गर्दै

    काठमाडौं– लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्ने भएकी छन्। बुधबार उनी कांग्रेस प्रवेश गर्ने भएकी हुन्। पार्टी प्रवेशका लागि उनी अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छन्।

    स्रोतका अनुसार काँग्रेसले नेतृ चौधरीलाई सर्लाही–४ मा टिकट दिने निश्चित भएको छ। सर्लाही–४ मा डा. अमरेशकुमार सिंहले टिकटको दावी गर्दै आएका थिए। चौधरी पार्टी प्रवेश गरेपछि नेता सिंहले टिकट नपाउने लगभग निश्चित भएको छ।

    लोसपाका कार्यकारिणी सदस्य समेत रहेकी नेतृ चौधरी अध्यक्ष महन्थ ठाकुर निकट हुन्। उनी लोसपाबाट समानुपातिक सांसद भएकी थिइन्। यसपटक समानुपातिकमा नपरेपछि उनी काँग्रेसमा प्रवेश गर्न लागेकी हुन्।