काठमाडौँ– फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले बाग्मती प्रदेशका उम्मेदवार पनि टुङ्गो लगाएको छ। निर्वाचन कार्यतालिका अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुनेछ। यसका लागि उम्मेदवारहरू आ आफ्नो निर्वाचन क्षेत्र पुगिसकेका छन्। दलहरूले दुर्गम क्षेत्रको उम्मेदवार यसअघि नै टुङ्ग्याए पनि विवादास्पद र सहमति जुट्न बाँकी रहेका क्षेत्रका लागि उम्मेदवार आज धमाधम टुङ्गो लगाइरहेका छन्। यी हुन् रास्वपा बागमती प्रदेशका उम्मेदवार: सिन्धुली–१ : धनेन्द्र कार्की सिन्धुली–२ : आशिष गजुरेल रामेछाप : डा. कृष्णहरि बुढाथोकी दोलखा : ई. जगदीश खरेल सिन्धुपाल्चोक–१ : बाँकी सिन्धुपाल्चोक–२ : अजय श्रेष्ठ काभ्रे–१ : मधु चौलागार्ई काभ्रे–२ : बदन भण्डारी मकवानपुर–१ : प्रकाश गौतम मकवानपुर–२ : प्रशान्त उप्रेती चितवन–१ : हरि ढकाल चितवन–२ : रवि लामिछाने चितवन–३ : सोविता गौतम काठमाडौं–१ : रञ्जु दर्शना काठमाडौं–२ : सुनील केसी काठमाडौं–३ : राजु पाण्डे काठमाडौं–४ : सस्मित पोखरेल काठमाडौं–५ : आसिफ शाह काठमाडौं–६ : शिशिर खनाल काठमाडौं–७ : गणेश पराजुली काठमाडौं–८ : विराजभक्त श्रेष्ठ काठमाडौं–९ : डीपी अर्याल काठमाडौं–१० : प्रदीप विष्ट ललितपुर–१ : सुरेन्द्र बजगाईं ललितपुर–२ : जगदीश खरेल ललितपुर–३ : तोसिमा कार्की भक्तपुर–१ : बाँकी भक्तपुर–२ : राजीव खत्री नुवाकोट–१ : डा.विक्रम तिमिल्सिना नुवाकोट–२ : डा. अच्युतम लामिछाने रसुवा : वसन्त भट्ट धादिङ–१ : आशिका तामाङ धादिङ–२ : बोधनारायण श्रेष्ठ


