११ जना शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस (सूचनासहित) - Chaitanya News
  • 2026-06-22
  • 15:13:53
  • सोमबार,आषाढ ०८, २०८३
  • ११ जना शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस (सूचनासहित)

    ११ जना शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस (सूचनासहित)

    काठमाडौँ– ११ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको छ। बढुवा समितिको सचिवालयले ११ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको हो।

    आज (मंगलबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।

    बढुवा समितिको सोमबारको निर्णयअनुसार नेपाल लेखापरीक्षण सेवा (निर्देशक), (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत चार जना, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, तथ्यांक समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत दुई जना, नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूह, (राजपत्रांकित द्वितीय श्रेणी)अन्तर्गत तीन जना र नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, हाइवे उपसमूह, (राजपत्रांकित द्वितीय श्रेणी)अन्तर्गत दुई जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो।