‘अब बालेनले देश बनाउँछ’ : रवि लामिछाने - Chaitanya News
  • 2026-05-05
  • 15:37:12
  • मंगलबार,बैशाख २२, २०८३
  • ‘अब बालेनले देश बनाउँछ’ : रवि लामिछाने

    ‘अब बालेनले देश बनाउँछ’ : रवि लामिछाने

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालेनसँग भेट भएपछि आफूलाई अब देश बन्छ भन्ने विश्वास पैदा भएको बताएका छन्।

    रास्वपाले जनकपुरधाममा गरेको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले बालेनसँगको भेटमा पाँच मिनेटभित्रै आफूहरू सँगै हिँड्न सक्छौँ भन्ने यकिन भएको बताए।

    ‘बालेनसँग भेट भएको पाँच मिनेटै थाहा थियो हामी सँगै हिँड्न सक्छौँ। वार्ता ५ मिनेटमै सकिएको हो, बाँकी समय त एक अर्कालाई चिन्नमा खर्च गरेका थियौँ,’ उनले भने, ‘मलाई त्यही दिन विश्वास भएको थियो बालेनले देश बनाउँछ।’

    बालेनसँगको पहिलो भेटपछि घर पुगेर आफ्नी स्वर्गीय आमाको फोटोसँग कुरा गर्दै आफूले अब देश बालेनले बनाउँछ भन्ने विश्वास व्यक्त गरेको उनले सुनाए।

    ‘बालेनसँगको पहिलो भेटपछि घर गएर मैले मेरी स्वर्गीय आमाको फोटोसँग कुरा गरेँ। मेरी श्रीमती साक्षी थिइन्। मैले भने, ‘आमा अब देश बालेनले बनाएछ। हाम्रा सपना बालेनले पूरा गर्छ,’ लामिछानेले भने, ‘मलाई बालेनसँगको पहिलो भेटमै यो विश्वास पैदा भएको थियो।’

    उनले आफू जेल नै जानु परे पनि कुनै चिन्ता नलागेको पनि बताए।

    ‘बच्चालाई टाउको र छातीमा गोली ठोकेर हेलिकोप्टरमा भागेको सरकारले मलाई मुद्दै मुद्दा लगाएको छ। म जेल जान पनि सक्छु,’ उनले भने, ‘तर मलाई अब चिन्ता छैन। किनभने, हामीसँग बालेन छ। यो देश बनाउन बालेन आएको छ । बालेनले हामीमाथि भएका सबै अन्यायको हिसाब लिनेछ।’