चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1118 of 1151
  • 2026-11-20
  • 16:48:02
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

पूर्वी रुसमा ज्वालामुखी चढ्न गर्न गएका छ जनाको मृत्यु

काठमाडौँ– पूर्वी रुसको कामचट्का प्रायद्विपमा रहेको युरेसिया क्षेत्रकै सबैभन्दा अग्लो सक्रिय ज्वालामुखी आरोहण गर्ने क्रममा कम्तीमा ६ जनाको मृत्यु भएको छ। आरोहणमा गएका अन्य ६ जना अलपत्र परेका छन्। खराब मौसमका कारण उद्धारकर्ताहरू क्लुचेभस्काया सोप्का ज्वालामुखीमा रहेका अन्य ६ जना आरोहीसम्म पुग्न असमर्थ रहेको बीबीसीले जनाएको छ। आरोहीहरूमध्ये दुई जनाले समुद्र सतहबाट ३,३०० मिटर उचाइमा रहेको शिविरमा आश्रय लिएका र अन्य चार जनाले ४,००० मिटरको पालमा आश्रय लिएको विश्वास गरिन्छ। सबै आरोही रुसी नागरिक हुन्। दुई जना गाइडसहितको १२ जनाको समूहले मंगलबार ४ हजार ७५४ मिटरको शिखरमा आरोहण सुरु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

News by पूर्वी रुसमा ज्वालामुखी चढ्न गर्न गएका छ जनाको मृत्यु :