दाङमा टिकटक बनाउने क्रममा भिरबाट लडेर १ जनाको ज्यान गयो - Chaitanya News
  • 2026-06-06
  • 01:59:01
  • शुक्रबार,जेठ २२, २०८३
  • दाङमा टिकटक बनाउने क्रममा भिरबाट लडेर १ जनाको ज्यान गयो

    दाङमा टिकटक बनाउने क्रममा भिरबाट लडेर १ जनाको ज्यान गयो

    दाङ – दाङमा टिकटक (भिडियो शेयरिङ एप) बनाउने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ।

    तुलसीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीय नवीन केसीको ज्यान गएको प्रहरीले जनाएको छ। शनिवार राति ९ बजेको समयमा तुलसीपुर ३ को साततले भन्ने ठाउँमा टिकटक बनाउने क्रममा केसी भिरबाट तल खसेका थिए।

    भिरबाट लडेर घाइते भएका उनलाई उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।