सरकारका कर्मचारी कुनै राजनीतिक दल विशेष हुनु हुँदैन : देउवा - Chaitanya News
  • 2026-04-21
  • 19:19:21
  • मंगलबार,बैशाख ०८, २०८३
  • सरकारका कर्मचारी कुनै राजनीतिक दल विशेष हुनु हुँदैन : देउवा

    सरकारका कर्मचारी कुनै राजनीतिक दल विशेष हुनु हुँदैन : देउवा

    काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन रूपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको बताएका छन।

    आइतवार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवम् पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताए । उनले सरकारी कार्यलयहरूमा अझै पनि नागरिकमैत्री काम हुन नसकेको भन्दै यसलाई तत्काल सुधार गरी नागरिकलाई विना झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिए। उनले निजामती सेवामा भ्रष्टाचार, अनियमितता हुन नदिन सम्बन्धित निकायले थप सक्रियताका साथ काम गर्न आवश्यक रहको औँल्यए।

    उनले भने, ‘सरकारी कार्यालयमा जनतालाई विना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न सबै विभागीय मन्त्री र सचिवहरूलाई निर्देशन दिन चाहन्छु। निजामती सेवामा भ्रष्टाचार, अनियमितता हुन नदिऔँ।’

    प्रधानमन्त्री देउवाले स्वस्थ, नतिजामुखी प्रशासन हुनुपर्ने भन्दै निजामती कर्मचारीले विभिन्न समयमा भएका आन्दोलनलाई सफल बनाउन महत्त्वपूर्ण भुमिका खेलेको पनि स्मरण गरे। उनले सरकारका कर्मचारी कुनै राजनीतिक दल विशेष हुनु नहुने भन्दै कार्यालयको कार्य सम्पादनमा कुनै पनि राजनीतिक आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर प्रचलित कानुनको पूर्ण पालना गर्दै आफ्नो भूमिका निभाउन पनि निर्देशन दिए।

    देशमा राजनीतिक सङ्घीयता सफलतापूर्वक कार्यान्वयनमा आइसकेको भए पनि यससँग तादम्य कायम हुने गरेर प्रशासनिक सङ्घीयतालाई व्यवस्थापन गर्ने थप काम गर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ। उनले नयाँ सङ्घीय निजामती सेवा ऐनको सन्दर्भमा निजामती कर्मचारी युनियन लगायतले दिएको सुझावलाई समावेश गरी समय सापेक्ष गर्ने प्रयास हुने प्रतिबद्धता जनाए।