अध्यक्ष राजेन्द्र लिङ्देनले गरे सांसदबाट राजीनामाको घोषणा - Chaitanya News
  • 2026-06-06
  • 02:00:25
  • शुक्रबार,जेठ २२, २०८३
  • अध्यक्ष राजेन्द्र लिङ्देनले गरे सांसदबाट राजीनामाको घोषणा

    अध्यक्ष राजेन्द्र लिङ्देनले गरे सांसदबाट राजीनामाको घोषणा

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा घोषणा गरेका छन्।

    प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले सांसद पद त्याग गरेको घोषणा गरेका हुन्।

    उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ प्रतिनिधिले सपथ नलिएसम्म अहिलेको संसदको आयु बढाउन खोजिएको भन्दै अब सांसद पद त्याग गरेको घोषणा गरेका हुन्।

    संसदको चुनाव घोषणा भइसकेपछि संसद भंग हुनुपर्ने र सरकार काम चलाउन हुने मान्यता राप्रपाको रहेको भन्दै संसदको आयु लम्बाउने काममा राप्रपाको समर्थन नहुने उनले बताए।

    ु आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन। मेरो नाममा पठाइने तलब, भत्ता र सुविधा रोक्का गरियोस्। कहींकतै लेखेर दिनुपर्छ भनेर म त्यो नियमअनुसार दिन तयार छु,ुउनले भने।

    उनले नेपालको राजनीतिक भविष्यका लागि समेत अबको निर्वाचन निकै महत्वपूर्ण रहेको धारणा राखेका छन्।