रञ्जन कोइरालाको मुद्दाको फैसलाकै आधारमा महाभियोग लगाइएको भए जनतासमक्ष माफी माग्छु : प्रधानन्यायाधीश जबरा - Chaitanya News
  • 2026-04-21
  • 19:16:04
  • मंगलबार,बैशाख ०८, २०८३
  • रञ्जन कोइरालाको मुद्दाको फैसलाकै आधारमा महाभियोग लगाइएको भए जनतासमक्ष माफी माग्छु : प्रधानन्यायाधीश जबरा

    रञ्जन कोइरालाको मुद्दाको फैसलाकै आधारमा महाभियोग लगाइएको भए जनतासमक्ष माफी माग्छु : प्रधानन्यायाधीश जबरा

    काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआइजी) रञ्जन कोइरालालाई सजाय छुट गराउन गरेको फैसलामा क्षमायाचना गरेका छन्। संसदको महाभियोग सिफारिस समितिमा आइतबार बयान दिँदै जबराले आफूले यो मुद्धामा विवेक प्रयोग गरेको बताएका हुन्। उनले यसै कारणले महाअभियोग लगाइएको भए जनतासमक्ष माफी माग्ने बताए।

    उनले भने, ‘रञ्जन कोइराला कसुरदार ठहरिएका हुन् । उनलाई जन्मकैद भएको हो। न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ। तत्कालीन मुलुकी ऐनले अधिकार दिएको छ। यो पारिवारिक मुद्दा हो। नाबालक छोरा इजलासमा उपस्थित भए। ८ वर्ष ६ महिना कैदमै बसेका थिए। न्यायाधीशले मिसिल हेरेर विवेक प्रयोग गरेको हो। नाबालकहरूको पालनपोषणका लागि पारिवारिक जीवन बिताउन दिइएको हो। त्यसमा गल्ती भएको छ। विवेक प्रयोग गर्दा यदि त्यसैको आधारमा महाअभियोग लगाएको हो भने जनतासमक्ष क्षमा चाहन्छु।

    श्रीमती गीता ढकालको हत्या अभियोगमा २० वर्ष जेल सजाय सुनाइएका पूर्वडीआइजी कोइरालाको फैसलामा गल्ती भएको भन्दै माफी मागे। प्रधानन्यायाधीश जबराले २० वर्ष जेल सजाए सुनाइएका पूर्वडीआइजी कोइरालामाथिको सजाय छुट गरी ८ वर्ष ६ महिना कायम गरेका थिए।

    रञ्जन कोइरालालाई कम सजाय गरियो भन्नु शतप्रतिशत गलत भएको उनको दावी छ।