शेखर समूहसँग एमालेले छलफल गर्नुमा एमालेको स्वार्थ छ : प्रकाशशरण महत - Chaitanya News
  • 2026-04-21
  • 19:16:05
  • मंगलबार,बैशाख ०८, २०८३
  • शेखर समूहसँग एमालेले छलफल गर्नुमा एमालेको स्वार्थ छ : प्रकाशशरण महत

    शेखर समूहसँग एमालेले छलफल गर्नुमा एमालेको स्वार्थ छ : प्रकाशशरण महत

    काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शेखर समूहसँग एमालेले छलफल गर्नुमा एमालेको स्वार्थ रहेको बताएका छन्।

    अनुपम फुडल्याण्डमा कांग्रेसको पत्रकार सम्मेलन सम्मेलनमा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन्।

    उनले भने, ‘शेखर कोइरालाले पार्टीभित्र असन्तुष्टिको विषय टुङ्गिसकेको छ भन्नुभएको छ। हामीले गरेको गठबन्धन नाजायज अनि एमालेले गरेको गठबन्धन जायज किन र कसरी हुन्छ शेखर समूहसङ्ग एमालेले छलफल गर्नुमा एमालेको स्वार्थ छ।’

    प्रवक्ता महतले गठबन्धनमा अन्य दल आउनेबारेमा पनि छलफल भइरहेको बताए।

    ‘गठबन्धन गर्ने प्रक्रिया जटिल छ। नयाँ थपिन आउने दलसँग पनि छलफल भैरहेको छ। सिट बाँडफाँड जटिल भएको छ। सबै दलहरू यथार्थमा उभिएर माग दाबी गर्नुपर्छ। विपक्षलाई मद्दत पुग्ने गरी सत्ता गठबन्धनमा सिट बाँडफाँडको माग दाबी नगर्नुस। डडेलधुरामा पार्टीको निर्देशनमा जिल्ला काग्रेसले निर्णय गरेको हैन’, उनले भने।

    अन्य राजनीतिक दलको हैसियत बढाउन आगामी निर्वाचनमा नेपाली कांग्रेसको जीत आवश्यकता रहेको उनको भनाइ छ।

    पछिल्लो समय स्वतन्त्र उम्मेदवार बढ्दै गइरहेकाले कांग्रेसले यस विषयमा छलफल गरिरहेको पनि प्रवक्ता महतले बताए।

    उनले भने, ‘स्वतन्त्र उमेदवार के कारणले बढेका छ्न् भनेर चिन्तन गरिरहेका छौँ।
    ठूलो पार्टी हो कांग्रेस। यहाँ समस्या छन्। स्वतन्त्रताको लागि नै कांग्रेस लडेको हो। स्वतन्त्र उमेदवारलाई सम्मान छ।’