चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 348 of 1156
  • 2026-11-24
  • 01:16:57
  • सोमबार,मंसिर ०८, २०८३

About Author

पदभार ग्रहणलगत्तै मन्त्री सचिवलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पदभार ग्रहणलगत्तै मन्त्री तथा सचिवहरूलाई सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन्। आज (शुक्रबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा प्रधानमन्त्री शाहले नवनियुक्त मन्त्री तथा सचिवहरूलाई जनअपेक्षा अनुसार छिटो, पारदर्शी र जवाफदेही रूपमा काम अघि बढाउन निर्देशन दिएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारै बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । नियुक्तिपछि उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालिसकेका छन्।

News by पदभार ग्रहणलगत्तै मन्त्री सचिवलाई प्रधानमन्त्रीको निर्देशन :