नवनियुक्त गृहमन्त्री गुरुङको पहिलो निर्णय:एकद्वार प्रणालीबाट काम गर्ने - Chaitanya News
  • 2026-04-22
  • 02:09:58
  • मंगलबार,बैशाख ०८, २०८३
  • नवनियुक्त गृहमन्त्री गुरुङको पहिलो निर्णय:एकद्वार प्रणालीबाट काम गर्ने

    नवनियुक्त गृहमन्त्री गुरुङको पहिलो निर्णय:एकद्वार प्रणालीबाट काम गर्ने

    काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएसँगै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन्।

    साथै, उनले आफ्नो कार्यकालको पहिलो निर्णयबारे पनि जानकारी गराएका छन्। उनले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका छन्।

    सो क्रममा उनले भीआईपी लावालस्कर लगाएर जनतालाई दुःख दिने काम गर्न नहुने बताए।

    ‘कम बोल्ने मान्छे हुँ। एक्सनमा जान्छु। जेनजीको माग अनुसार हामी आएको हो। सुशासनविरुद्धका कुनै काम हुन सक्दैन,’ पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले भने।

    सर्भिस डेलिभरीका विषयमा गुनासा आउन नदिन उनले कर्मचारीहरूलाई आग्रह गरे।