नवनियुक्त प्रधानमन्त्री शाहलाई ओलीको बधाई - Chaitanya News
  • 2026-04-22
  • 06:40:01
  • बुधबार,बैशाख ०९, २०८३
  • नवनियुक्त प्रधानमन्त्री शाहलाई ओलीको बधाई

    नवनियुक्त प्रधानमन्त्री शाहलाई ओलीको बधाई

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन्।

    आज (शुक्रबार) सामाजिक सञ्जालमार्फत ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त भएकोमा हार्दिक बधाई व्यक्त गरेका हुन्। उनले मन्त्रिपरिषद्का सदस्यहरूलाई समेत सफल कार्यकालको शुभकामना दिएका छन्।

    ओलीले भनेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई। नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।”