नवनियुक्त स्वास्थ्य मन्त्री निशा मेहताद्वारा पदभार ग्रहण - Chaitanya News
  • 2026-08-16
  • 08:31:53
  • आइतबार,साउन ३१, २०८३
  • नवनियुक्त स्वास्थ्य मन्त्री निशा मेहताद्वारा पदभार ग्रहण

    नवनियुक्त स्वास्थ्य मन्त्री निशा मेहताद्वारा पदभार ग्रहण

    काठमाडौँ– नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानी मन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छिन्।

    आज (शुक्रबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपश्चात् उनी मन्त्रालयमा पुगेर पद बहाली गरेकी हुन्। उनलाई मन्त्रालयका कर्मचारीहरूले स्वागत गरेका थिए।

    पेसाले नर्स रहेकी उनी रास्वपामा स्थापनाकालदेखि नै आबद्ध छिन्। उनी प्रतिनिधि सभा निर्वाचनमा रास्वपाको मधेसी ‘क्लस्टर’बाट समानुपातिक सांसद चुनिएकी हुन्। सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतबाट नर्सिङमा स्नातकोत्तर गरेकी छिन्।