पदभार ग्रहणलगत्तै मन्त्री सचिवलाई प्रधानमन्त्रीको निर्देशन - Chaitanya News
  • 2026-05-13
  • 15:05:29
  • बुधबार,बैशाख ३०, २०८३
  • पदभार ग्रहणलगत्तै मन्त्री सचिवलाई प्रधानमन्त्रीको निर्देशन

    पदभार ग्रहणलगत्तै मन्त्री सचिवलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पदभार ग्रहणलगत्तै मन्त्री तथा सचिवहरूलाई सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन्।

    आज (शुक्रबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा प्रधानमन्त्री शाहले नवनियुक्त मन्त्री तथा सचिवहरूलाई जनअपेक्षा अनुसार छिटो, पारदर्शी र जवाफदेही रूपमा काम अघि बढाउन निर्देशन दिएका हुन्।

    राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारै बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । नियुक्तिपछि उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालिसकेका छन्।