चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 255 of 1157
  • 2026-11-24
  • 12:25:54
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

गुरुङमाथिको छानबिन सम्पन्न, ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरुङविरुद्ध गरिएको छानबिन पूरा गर्दै सम्बन्धित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। उच्चस्तरीय छानबिन समितिका संयोजक पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले अनुसन्धान प्रक्रिया सम्पन्न गरी तयार गरिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका हुन्। समितिले तयार पारेको प्रतिवेदन ४५ पृष्ठ लामो रहेको जनाइएको छ। समितिले अनुसन्धानको क्रममा गुरुङसँग बयान लिएको थियो। बयान अघि आरोपसँग सम्बन्धित विषयमा विभिन्न सरोकारवाला निकायसँग जानकारी संकलन गर्नुका साथै सम्पत्ति विवरणसमेत विश्लेषण गरिएको बताइएको छ। मन्त्रिपरिषद्को २८ वैशाखको निर्णयअनुसार गठित समितिमा उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष रहेका थिए भने महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्यका रूपमा रहेका थिए। समितिले अनुसन्धानका क्रममा सम्बन्धित क्षेत्रसँग आवश्यक परामर्श, तथ्य संकलन तथा सम्पत्ति विवरणको सूक्ष्म अध्ययनसमेत गरेको जनाइएको छ।

News by गुरुङमाथिको छानबिन सम्पन्न, ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो :