राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान - Chaitanya News
  • 2026-07-25
  • 11:02:56
  • शनिबार,साउन ०९, २०८३
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान

    काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

    आज (शुक्रबार) प्राधिकरणले एक सूचना जारी गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०४७ को दफा १० बमोजिम दरखास्त आह्वान गरेको हो।

    इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखा, सिंहदरबार, काठमाडौंमा कार्यालय समयभित्र बुझाउन सकिने जनाइएको छ।