चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 44 of 1102
  • 2026-10-06
  • 05:00:51
  • सोमबार,आश्विन १९, २०८३

About Author

‘भदौ २३ देश मरेको दिन हो, इतिहास बदल्ने प्रयास नगर्नुस्’ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको इतिहासलाई आफूअनुकूल व्याख्या गर्ने प्रयास नगर्न पुराना राजनीतिक दल तथा नेताहरूलाई चेतावनी दिएका छन्। उनले भदौ २३ गतेको घटनालाई सामान्य राजनीतिक घटना नभई राज्य दमनको दिनका रूपमा स्मरण गर्नुपर्ने बताए। मंगलबार जेनजी शहीद दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पुराना दलका नेताहरूले अझै पनि जेनजी आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गरेर अपमान गरिरहेको भन्दै आत्मसमीक्षा गर्न आग्रह गरे। उनले आन्दोलनको वास्तविकता परिवर्तन गर्ने प्रयास इतिहास परिवर्तन गर्ने प्रयासजस्तै हुने बताए। ‘त्यो दिनको इतिहास कसैले फेरेर फेरिँदैन,’ भन्दै उनले पुराना दलका नेताहरूलाई अझै समय रहेको र सुध्रिन आग्रह गरे। गुरुङले जेनजी आन्दोलनलाई अपमान गर्नु आन्दोलनमा सहभागी युवालाई मात्र नभई देशका नागरिकको भावनाको अपमान भएको दाबी गरे। ‘आन्दोलनलाई अपमान गर्नु तीन करोड नेपालीलाई अपमान गर्नु हो,’ उनले भने। उनले जेनजी आन्दोलनको मूल उद्देश्य सत्ता प्राप्ति नभएको पनि स्पष्ट पारे। भदौ २३ गते युवाहरू कुनै राजनीतिक पद वा शक्तिको लोभमा नभई सुशासनको पक्षमा आवाज उठाउन एक ठाउँमा आएको उनको भनाइ थियो। ‘न सत्ताको लोभ नै छ, न शक्तिको घमण्ड नै,’ उनले भने, ‘त्यतिबेला पनि थिएन, अहिले पनि छैन।’ शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमाथि राज्यले दमन गरेको र गोली चलाइएको भन्दै गृहमन्त्री गुरुङले त्यस दिनको घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताए। उनले भदौ २४ गते भएको घटनालाई मात्र केन्द्रमा राखेर जेनजी आन्दोलनको मूल्यांकन गर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए। अहिले पनि भदौ २४ गते देश जलेको विषयमा मात्र चर्चा हुने गरेको उल्लेख गर्दै उनले त्यसअघि नै भदौ २३ गते राज्यको दमनबाट देशको ठूलो क्षति भएको दाबी गरे। ‘अझै पनि भदौ २४ गते देश जल्यो भन्दै ट्रेनिङ गरेको देखिन्छ, तर भदौ २३ गते देश मरेको दिन हो,’ उनले भने। मन्त्री गुरुङले पुरानो राजनीतिक सोच र कार्यशैलीबाट नयाँ नेपाल निर्माण सम्भव नहुने बताए। जेनजी आन्दोलनले उठाएका सुशासन, जवाफदेहिता र परिवर्तनका आकांक्षालाई पुराना दल तथा नेताहरूले गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ थियो।  

News by ‘भदौ २३ देश मरेको दिन हो, इतिहास बदल्ने प्रयास नगर्नुस्’ : गृहमन्त्री गुरुङ :