आजको मौसमः केही स्थानमा भारी वर्षाको सम्भावना - Chaitanya News
  • 2026-10-09
  • 14:29:21
  • शुक्रबार,आश्विन २३, २०८३
  • आजको मौसमः केही स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसमः केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ– जल तथा मासम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायमै रहेकाले विभिन्न प्रदेशमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ।

    हाल बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश भू–भागमा सामान्य बदली भएको महाशाखाले जनाएको छ। कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि सामान्य बदली रहेको छ भने मधेससहित कोशी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली छ।

    यस्तै, महाशाखाका अनुसार गण्डकी र लुम्बिनीका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

    दिउँसो हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि सामान्य बदली तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहने छ।

    कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

    यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भने चट्याङ र असिनासहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

    मधेससहित कोशी, बागमती र गण्डकीका तराईका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकीका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    राति कोशी प्रदेशका सबै भूभाग तथा देशका बाँकी हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।