चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 876 of 1160
  • 2026-11-25
  • 17:02:35
  • बुधबार,मंसिर १०, २०८३

About Author

नाम निस्केर पनि ७ जनाले लिएनन् विद्युत् प्राधिकरणबाट नियुक्ति पत्र

काठमाडौँ -  नेपाल विद्युत् प्राधिकरणको जागिरका लागि नाम निस्केर पनि ७ जनाले नियुक्ति पत्र नलिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले स्थायी सेवामा नियुक्तिका लागि कर्मचारी सेवा, सर्त विनियामावली २०७५ (संशोधनसहित) मा तोकिएको अवधिभित्र नियुक्तिपत्रमा लागि सूचित गरेको थियो । तर, उनीहरू तोकिएको समयमा नगएपछि प्राधिकरणले फेरि सूचना जारी गरेर १५ दिनभित्र नियुक्ति पत्र लिन आउन तथा नियुक्त गरिएको कार्यालयमा हाजिर हुन सूचित गरिएको छ । नियुक्ति लिन नजानेमा १ जना प्रकाशकीय अधिकृत, दुई जना इन्जिनियर, एक जना सुपरभाइजर, २ जना मिटर रिडिङ सुपरभाइजर र एक जना लेखापाल रहेका छन् । Capture

News by नाम निस्केर पनि ७ जनाले लिएनन् विद्युत् प्राधिकरणबाट नियुक्ति पत्र :