पहाडी भू–भागमा च्याङसहित वर्षाको सम्भावना - Chaitanya News
  • 2026-06-22
  • 04:23:11
  • आइतबार,आषाढ ०७, २०८३
  • पहाडी भू–भागमा च्याङसहित वर्षाको सम्भावना

    पहाडी भू–भागमा च्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ – नेपालमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहेको छ ।

    आज (बिहीबार) दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

    शुक्रबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।