नाम निस्केर पनि ७ जनाले लिएनन् विद्युत् प्राधिकरणबाट नियुक्ति पत्र - Chaitanya News
  • 2026-11-21
  • 00:12:19
  • शुक्रबार,मंसिर ०५, २०८३
  • नाम निस्केर पनि ७ जनाले लिएनन् विद्युत् प्राधिकरणबाट नियुक्ति पत्र

    नाम निस्केर पनि ७ जनाले लिएनन् विद्युत् प्राधिकरणबाट नियुक्ति पत्र

    काठमाडौँ –  नेपाल विद्युत् प्राधिकरणको जागिरका लागि नाम निस्केर पनि ७ जनाले नियुक्ति पत्र नलिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले स्थायी सेवामा नियुक्तिका लागि कर्मचारी सेवा, सर्त विनियामावली २०७५ (संशोधनसहित) मा तोकिएको अवधिभित्र नियुक्तिपत्रमा लागि सूचित गरेको थियो ।

    तर, उनीहरू तोकिएको समयमा नगएपछि प्राधिकरणले फेरि सूचना जारी गरेर १५ दिनभित्र नियुक्ति पत्र लिन आउन तथा नियुक्त गरिएको कार्यालयमा हाजिर हुन सूचित गरिएको छ ।

    नियुक्ति लिन नजानेमा १ जना प्रकाशकीय अधिकृत, दुई जना इन्जिनियर, एक जना सुपरभाइजर, २ जना मिटर रिडिङ सुपरभाइजर र एक जना लेखापाल रहेका छन् ।

    Capture