स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी - Chaitanya News
  • 2026-06-22
  • 04:20:49
  • आइतबार,आषाढ ०७, २०८३
  • स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी

    स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी

    स्वास्थ्य बीमा बोर्डले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ।

    काठमाडौं- स्वास्थ्य बीमा बोर्डले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ। करार सेवामा जनशक्ति आवश्यक परेकाले योग्यता पुगेका इच्छुक उमेदवारले दरखास्त दिनसक्ने बोर्डले जनाएको छ।

    मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेका व्यक्तिले आवेदन दिन सक्नेछन्। २१ वर्ष पूरा भई ३५ वर्ष उमेर ननाघेका (महिला उमेदवारको हकमा ४० वर्ष ननाघेका) व्यक्तिले दरखास्त दिन सक्नेछन्।

    परीक्षा असार २ गते शनिबार हुने बोर्डले जनाएको छ।