चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1001 of 1165
  • 2026-11-28
  • 04:33:39
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

क्रोएसिया उड्न लागेका २२ नेपाली विमानस्थलबाट पक्राउ

काठमाडौं - फ्लाई दुबईको जहाजबाट क्रोएसिया जान लागेका २२ जना नेपाली विमानस्थलबाट पक्राउ परेका छन् । अवैध रुपमा युरो लिएर विदेश जान लागेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई अन्तर्राष्ट्रिय विमानतर्फको प्रस्थान क्षेत्रबाट पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनीहरुबाट ५१ हजार ३५० युरो बरामद भएको सुरक्षा कार्यालयले जनाएको छ । उक्त युरो पदमबहादुर विश्वकर्माले पठाएको अनुसन्धानमा खुलेपछि उनलाई पनि प्रहरीले प्रक्राउ गरेको छ । उनको साथमा एक लाख २० हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको कार्यालयले जनाएको छ ।

News by क्रोएसिया उड्न लागेका २२ नेपाली विमानस्थलबाट पक्राउ :