सरकारले पूर्णता पाएपछि सिंहदरबारमा पहिलो मन्त्रिपरिषद बैठक - Chaitanya News
  • 2026-04-30
  • 01:44:03
  • बुधबार,बैशाख १६, २०८३
  • सरकारले पूर्णता पाएपछि सिंहदरबारमा पहिलो मन्त्रिपरिषद बैठक

    सरकारले पूर्णता पाएपछि सिंहदरबारमा पहिलो मन्त्रिपरिषद बैठक

    काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्णता पाएसँगै मन्त्रिपरिषद्को पहिलो बैठक शुरु भएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए । जसमा १२ मन्त्री र ३ राज्यमन्त्री थप गरेका थिए । खानेपानी, युवा खेलकुद र वन मन्त्रालयमा अझैसम्म मन्त्रीहरु गइसकेका छैनन् ।

    खानेपानी मन्त्रालयको जिम्मेवारी पाएको जनमत पार्टीले जिम्मेवारी लिइसकेको छैन । जनमतका अब्दुल खान शपथ लिएर मंगलबार कार्यभार सम्हाल्न गएनन् ।

    अर्कातिर युवा तथा खेलकुद र वन खाली राखेको सत्ता गठबन्धनले जनता समाजवादी र नागरिक उन्मुक्ति आउने अपेक्षा गरेको छ ।