कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले गरिन् मनोनयन दर्ता - Chaitanya News
  • 2026-05-13
  • 22:54:45
  • बुधबार,बैशाख ३०, २०८३
  • कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले गरिन् मनोनयन दर्ता

    कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले गरिन् मनोनयन दर्ता

    काठमाडौं- नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिएकी छिन्। बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन्।

    उनको प्रस्तावकमा कांग्रेस सांसद विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन्।

    न्यौपानेलाई एकीकृत समाजवादी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ।