क्रोएसिया उड्न लागेका २२ नेपाली विमानस्थलबाट पक्राउ - Chaitanya News
  • 2026-06-15
  • 08:17:54
  • सोमबार,आषाढ ०१, २०८३
  • क्रोएसिया उड्न लागेका २२ नेपाली विमानस्थलबाट पक्राउ

    क्रोएसिया उड्न लागेका २२ नेपाली विमानस्थलबाट पक्राउ

    काठमाडौं – फ्लाई दुबईको जहाजबाट क्रोएसिया जान लागेका २२ जना नेपाली विमानस्थलबाट पक्राउ परेका छन् ।

    अवैध रुपमा युरो लिएर विदेश जान लागेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई अन्तर्राष्ट्रिय विमानतर्फको प्रस्थान क्षेत्रबाट पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

    उनीहरुबाट ५१ हजार ३५० युरो बरामद भएको सुरक्षा कार्यालयले जनाएको छ । उक्त युरो पदमबहादुर विश्वकर्माले पठाएको अनुसन्धानमा खुलेपछि उनलाई पनि प्रहरीले प्रक्राउ गरेको छ ।

    उनको साथमा एक लाख २० हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको कार्यालयले जनाएको छ ।