Chaitanyakhabar
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेपछिको पहिलो बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको हो।
आध्यात्मिक चेतना र नैतिक शासनको एउटा आन्तरिक यात्रा
अर्नबको असरले काठमाडौं अस्तव्यस्त, दिनभर वर्षाले जनजीवन प्रभावित
समितिमा अल्झिएका विधेयक छिटो टुङ्ग्याउन शाह र पाठकबीच छलफल
अपिहिमालमा तीनदिने पर्यटन उत्सव हुँदै, जलवायु परिवर्तनबारे विशेष संवाद गरिने
(अनुभूति) तोमनाथ उप्रेती: बिहान म कार्यालय जाने बाटोमा निस्किएँ। आकाश धुम्म थियो। सडकमा मानिसहरूको भीड थियो। सबैलाई कतै पुग्नु थियो। कसैलाई कार्यालय, कसैलाई बजार, कसैलाई अस्पताल। प्रत्येक अनुहारमा कुनै न कुनै हतार थियो। तर मलाई लागिरहेको थियो—हामी सबै कतै पुग्न खोजिरहेका छौँ, तर के हामीलाई थाहा छ, हामी वास्तवमा कहाँ पुग्न चाहन्छौँ? म सडकको किनारमा…
काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको अप्रत्यक्ष प्रभावले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ । शुक्रबार बिहानैदेखि परेको निरन्तर वर्षाका कारण उपत्यकाका मुख्य सडकदेखि बजार क्षेत्रसम्म जलमग्न भएका छन् । दिनभरजसो वर्षा हुँदा सडकमा पानी जमेको छ भने पैदलयात्रु र सवारीसाधन चालकलाई आवतजावतमा कठिनाइ भएको छ । दैनिक कामकाजका लागि घरबाहिर निस्किएका सर्वसाधारणसमेत वर्षाका कारण…
धनगढीः सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेशसभा सामाजिक विकास समितिका सभापति धर्मराज पाठकबीच समितिमा विचाराधीन विधेयकहरूलाई शीघ्र टुङ्ग्याएर प्रदेशसभामा पेश गर्ने विषयमा छलफल भएको छ। लामो समयदेखि सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका विधेयकहरूलाई छिटो टुङ्ग्याएर प्रदेशसभामा पेश गर्ने र ऐन निर्माणको प्रक्रिया अघि बढाउने विषयमा उनीहरूबीच छलफल तथा सहमति भएको हो।…
काठमाडौं– सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणबाट फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको सरकारले काठमाडौं महानगरपालिकाका सात वटा वडाको ३०२ रोपनी जग्गा आफ्नो नाममा कायम गरेको छ । लामो समयदेखि कार्यान्वयन हुन नसकेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदनका आधारमा उक्त जग्गा सरकारको नाममा ल्याइएको हो । भूमि प्रशासन कार्यालय…
काठमाडौँ– जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाललाई प्रहरीले काठमाडौँ ल्याएको घटनाले नयाँ मोड लिएको छ । दुवै अधिकारीको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भइरहेको जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार बिहीबार प्रहरीले काठमाडौँ ल्याएका महानिर्देशक रजौरिया र आयोजना प्रमुख रिजालबारे प्रधानमन्त्री कार्यालयमा छलफल भइरहेको…
काठमाडौँ– भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि ड्रोन प्रयोग गरिएको भन्ने विषयमा सशस्त्र प्रहरी बलले स्पष्ट पारेको छ । विपद्का बेला राहत सामग्री ढुवानी गर्न ड्रोन नभई २१–२२ पटक हेलिकोप्टर उडाइएको सशस्त्र प्रहरीको भनाइ छ । शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा…