शीतलनिवासमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति देख्नुहुनेछ– विश्वप्रकाश शर्मा - Chaitanya News
  • 2026-04-30
  • 01:44:25
  • बुधबार,बैशाख १६, २०८३
  • शीतलनिवासमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति देख्नुहुनेछ– विश्वप्रकाश शर्मा

    शीतलनिवासमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति देख्नुहुनेछ– विश्वप्रकाश शर्मा

    काठमाडौँ –  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले सिफारिस गरेको व्यक्ति राष्ट्रपति हुने बताएका छन्।

    आज बुधबार संसद् भवनमा सभामुखको उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसमक्ष महामन्त्री शर्माले भने, ‘राष्ट्रपति नेपाली कांग्रेसले सिफारिस गरेबमोजिम बन्नुहुनेछ। यसमा अहिले त्यति धेरै टिप्पणी गर्नु हुँदैन। किनभने अहिले हामी सभामुखको चरणमा छौं।’

    ​उनले यो चरण सकिसकेपछि राष्ट्रपतिको चरण आउने र त्यसपछि नै थाहा हुने बताए। भने, ‘हामी फरक ढंगले जाँदैछौं। शीतल निवासमा नेपाली कांग्रेसले प्रस्ताव गरेको व्यक्तित्व राष्ट्रपतिको रूपमा तपाईंहरूले देख्नुहुनेछ।’

    सभामुख पदमा कांग्रेसले ईश्वरी न्यौपानेलाई अघि सारेको छ।