चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 976 of 1162
  • 2026-11-26
  • 15:29:26
  • बिहिबार,मंसिर ११, २०८३

About Author

भूकम्पबाट अहिलेसम्म टर्कीमा ५३ र सिरियामा ४२ जनाको मृत्यु

काठमाडौँ -  टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५३ जनाको मृत्यु भएको छ भने सिरियामा सोहि भूकम्पका कारन ४२ जनाको मृत्यु भएको छ । टर्कीको डिजास्टर म्यानेजमेन्ट अथोरिटीले भूकम्पमा परि ४४० जना घाइते भएको जनाएको छ । भूकम्पको धक्का टर्कीको नुर्दगीबाट २३ किलोमिटर पूर्वमा महसुस गरिएको थियो । भूकम्पको तीव्रता रेक्टर स्केलमा ७.८ मापन गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु गाजिएन्टेपबाट करिब ३३ किलोमिटर र नुर्दगी सहरबाट २६ किलोमिटर टाढा थियो । यो भूकम्पको केन्द्र १८ किलोमिटरको गहिराईमा रहेको थियो । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पका कारण धेरै मानवीय क्षति हुने सम्भावना रहेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा तुरुन्तै खोजी र उद्धार टोलीहरू पठाइएको बताएका छन् ।

News by भूकम्पबाट अहिलेसम्म टर्कीमा ५३ र सिरियामा ४२ जनाको मृत्यु :