काठमाडौं , माघ २३ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने स्रोतले बतायो ।यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सरकारबाट आइतबार बाहिरिएको छ ।
सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारको समर्थन कायमै राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता भएपछि मन्त्रिपरिषदकाे बैठक बस्न लागेकाे हाे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गृहमन्त्री पद गुमेसँगै प्रधानमन्त्री दाहालसँगै गृहमन्त्रालयसहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् ।
आइतबार रास्वपाका शिक्षा, विज्ञान तथा प्रविधिबाट शिशिर खनाल, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयबाट डोरप्रसाद अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
उनीहरूको राजीनामा बुझाए पछि कसलाई के जिम्मेवारी दिने भन्ने तोकिएको छैन ।